काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले घटेको छ। सोमबार सुन तोलाको १ लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि १० रूपैयाँले घटेको छ। चाँदी तोलाको १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि २०७७ साउन २३ गते १ लाख ३ हजार ५ सय रूपैयाँमा सुनको उच्च कारोबार भएको रेकर्ड तोड्दै यही फागुन २५ गते सुनको मूल्य तोलामा १ लाख ५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।