शनिबार, साउन १२ गते २०८१    
images
images
images

आईएमईले ल्यायो दसैँ अफर 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
images
images
आईएमईले ल्यायो दसैँ अफर 

आइएमई पे मा रकम प्राप्त गर्दा  २०० रुपैयाँ थप बोनस पाइने छ। 

images

काठमाडौं-  आइएमईले दसैँ अफर ल्याएको छ। कम्पनीले 'डबलको डबलको डबल' अफर सार्वजनिक गरेको  हो। 

images
images

असोज १ देखि कार्तिक २६ लागू हुनेगरी ५७ दिनका लागि ल्याइएको हो। 

images

अफरमा विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। 

आइएमई पे मा रकम प्राप्त गर्दा  २०० रुपैयाँ थप बोनस पाइने छ। 

images

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्। 

 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend