बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सस्तोमा पाएपछि ठूला लगानीकर्ताले उठाउन थाले नेपाल लाइफको सेयर, कतिसम्म पुग्ला?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ३० २०७८
सस्तोमा पाएपछि ठूला लगानीकर्ताले उठाउन थाले नेपाल लाइफको सेयर, कतिसम्म पुग्ला?

काठमाडौं- गएको साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक वर्षयताकै न्यून बिन्दुमा झरेको थियो। कम्पनीको सेयर मूल्य ३००० बाट घटेर गतसाता ११५० रुपैयाँमा कारोबार भएको थियो।

जुन एक वर्षयताकै सस्तो मूल्य हो। ठूला लगानीकर्ताहरूले बीमा समितिले लाभांश खारेज गरेको तथा वित्तीय अवस्था बिग्रिएको हल्ला चलाएर सस्तोमा सेयर कारोबार गराएका थिए। आत्तिएका साना लगानीकर्ताले सेयर बिक्री गर्न थालेपछि बिक्रीमा चाप पर्न गएको थियो। जसका कारण सेयर मूल्य वर्षकै सस्तो हुन पुगेको थियो।

केही दिनयता भने पुनः ठूला लगानीकर्ता नेपाल लाइफको सेयर खरिद गर्न थालेका छन्। यो साताको पहिलो दिन आइतबार सेयर मूल्य प्रतिकित्ता ६३.४० रुपैयाँले बढेर अन्तिम कारोबार १२७४ रुपैयाँमा भएको छ।

यता नेपाल लाइफले बिहीबार नै साधारणसभा  र बुक क्लोजको मिति तोकेको छ। कम्पनीले आगामी चैत ७ गतेका लागि बुक क्लोजको मिति तोकेको छ भने चैत २१ गते साभारणसभाको मिति तोकेको छ।

बुक क्लोज भएर सेयर मूल्य समायोजन भएपछि सेयर खरिद गर्नेको झनै चाप बढ्ने देखिन्छ। नेपाल लाइफको आइतबार १ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा १९ कराेड ४६ लाख रुपैयाँकाे काराेबार भएकाे थियाे। 

nlic1.png

कम्पनीको आव २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश दर घटेको छ। सोही कारण हरेक दिन सेयर मूल्य घटिरहेको छ। कम्पनीले आव २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो।

जब कि ५२ हप्ताअगाडि कम्पनीको सेयर मूल्य २३ सय ३१ रुपैयाँमा कारोबार भएको थियो। गत वर्ष माघमा सेयर मूल्य ३ हजार रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सेयर मूल्य ११५० रुपैयाँ सम्म झरेर बढ्न थालेको हो। यस हिसाबले हेर्दा कम्पनीका एक वर्षअगाडि लगानी गर्ने लगानीकर्ताले ५० प्रतिशत गुमाइसकेका छन्। 

कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण खर्बभन्दा माथि रहेकोमा अहिले घटेर ९१ अर्ब ७२ करोड रुपैयाँमा आइपुगेको छ।


प्रकाशित : सोमबार, फागुन ३० २०७८०१:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend