बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

कच्चा पदार्थ र मेसिनरी बाहेकको आयातमा १५ प्रतिशत आयात प्रतिस्थापन आयात कर लगाऔं: पवन गोल्यान 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २९ २०७८
कच्चा पदार्थ र मेसिनरी बाहेकको आयातमा १५ प्रतिशत आयात प्रतिस्थापन आयात कर लगाऔं: पवन गोल्यान 

यस्तो प्रवृत्ति रोक्नका लागि थप करसँगै ब्याजरमा पनि हेरफेर गर्नुपर्ने बताए। 

काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले निश्चित वस्तु बाहेकका वस्तुको आयातमा थप कर लगाउनुपर्ने राय व्यक्त गरेका छन्। 

नेकपा एमालेले आज उद्योगी व्यवासयीसँग गरेको छलफल कार्यक्रममा बोल्दै गोल्यानले मेसिनरी र कच्चा पदार्थ बाहेकको आयातमा थप १५ प्रतिशत आयात प्रतिस्थापन कर लगाउनुपर्ने बताएका हुन्। 

देशमा अहिले अत्याधिक आयात भएको र यसले गर्दा पुँजी अभाव भएको भन्दै आयात नियन्त्रणका लागि कर बढाउनुपर्ने उनको भनाइ छ। 

बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरूको संस्थाका अध्यक्ष गोल्यानले बैंकबाट प्रवाह हुने ऋणको ७० प्रतिशत अहिले पनि आयातमा जाने गरेको र यसले गर्दा स्वदेशमा पुँजी निर्माण प्रभावित भएको बताए। 

यस्तो प्रवृत्ति रोक्नका लागि थप करसँगै ब्याजरमा पनि हेरफेर गर्नुपर्ने बताए। 

'कम्तिमा पनि उद्योगीको तुलनामा ४ प्रतिशत बढी ट्रेडिङमा जाने ऋणमा ब्याज लगाउनुपर्छ' उनले भने। 

विदेशी मुद्राको सञ्चिति घट्दै गएको सन्दर्भलाई उल्लेख गर्दै गोल्यानणले  रेमिट्यान्सलाई औपचारिक च्यानलबाट ल्याउनका लागि जोड दिनुपर्ने बताए। सरकारी अनुमतिमा जानेबाट औपचारिक च्यानलबाट पैसा पठाउनुपर्ने व्यवस्था मिलउनुपर्ने उनको जोड छ। 

विदेशबाट रेमिट्यान्स पठाउनेहरुका लागि १० प्रतिशत आईपीओ निश्चित गर्नुपर्ने  उनको भनाइ छ। 


प्रकाशित : आइतबार, फागुन २९ २०७८१४:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend