शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

निरन्तर उचाइतर्फ सुनचाँदीको मूल्य, नेपाली बजारमा अहिलेसम्मकै उच्च

आइतबार, माघ ११ २०८२
निरन्तर उचाइतर्फ सुनचाँदीको मूल्य, नेपाली बजारमा अहिलेसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।

काठमाडौं- सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ। नेपाली बजारमा यो अहिलेसम्मकै उच्च मूल्य हो। 

सुनको मूल्य गएको शुक्रबार एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो। आज आइतबार २ हजार ४ सय रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। 

गएको शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित : आइतबार, माघ ११ २०८२१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend