शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ब्याट्री इनोभेसनमा पावरहाउस बन्दै गोल्डेन शिल्ड ब्याट्री, मार्केटिङ फन्डामा सीमित ब्लेड ब्याट्री

शनिबार, माघ १० २०८२
ब्याट्री इनोभेसनमा पावरहाउस बन्दै गोल्डेन शिल्ड ब्याट्री, मार्केटिङ फन्डामा सीमित ब्लेड ब्याट्री

यसरी हेर्दा ब्लेड ब्याट्रीको विश्वव्यापी रूपमा अधिक सुरक्षितभन्दा बढी नेल पेनिट्रेसनलाई देखाएर मार्केटिङ र ब्रान्डिङ रणनीतिबाट बनेको हो जबकि नयाँ पुस्ताका एलएफपी समाधानहरूजस्तै गोल्डेन शिल्ड तथा अल्ट्रा थिन ब्याट्रीले वास्तविक प्राविधिक सुधार र प्रयोगकर्तालाई प्रत्यक्ष फाइदा दिने नवप्रवर्तक ब्याट्री प्रस्तुत गरिरहेका छन्।

काठमाडौं- विश्व अटोमोबाइल बजार विद्युतीयतर्फ अघि बढिरहँदा अटोमोबाइल निर्माताहरूको प्रतिस्पर्धा ब्याट्री प्रविधिमा केन्द्रित हुन थालेको छ। सन् २०२६ मा ईभी किन्नेहरू रेन्ज वा मूल्यलाई मात्र तुलना गरिरहेका छैनन्, उनीहरू ब्याट्रीको केमेस्ट्री, सुरक्षा प्रणाली, लाइफ टाइम भ्यालू, चार्जिङ स्पीडलाई पनि परीक्षण गरिरहेका छन्। 

विद्युतीय सवारीको ब्याट्री विकासमा आजका चर्चित प्रतिस्पर्धीहरूमध्ये चांगानले दिपलको लागि बनाएको गोल्डेन शिल्ड ब्याट्री, एमजीका कारमा प्रयोग भएको अल्ट्रा थिन ब्याट्री, जीलीको अल्ट्रा थिन ब्याट्री र बीवाईडीको ब्लेड ब्याट्री मुख्य हुन्। 

यी सबै कम्पनीले बनाएका ब्याट्री सुरक्षा र लामो आयुका लागि लिथियम आइरन फोस्फेट केमेस्ट्रीलाई प्राथमिकतामा राखिरहेका छन् तर विश्व शोध र औद्योगिक ट्रेन्डले मूलतः फास्ट चार्जिङ, अति चरम अवस्थाको परीक्षण र इन्टेलिजेन्ट सेफ्टी सूचकहरूले गोल्डेन शिल्डलाई नयाँ पुस्ताको पावरहाउस बनाएको छ। 

अहिलेसम्मको परीक्षणहरूमा चांगानको गोल्डेन शिल्ड ब्याट्री, एमजी र जीलीका कारमा प्रयोग भएका अल्ट्रा थिन ब्याट्री ब्लेड ब्याट्रीभन्दा अब्बल देखिएको छ। बीवाईडीको ब्लेड ब्याट्रीभन्दा निक्कै अब्बल, सुरक्षित तथा छिटो चार्ज हुने ब्याट्री आइसकेका छन्। त्यस्ता ब्याट्रीहरूमा दिपलमा प्रयोग भएको गोल्डेन शिल्ड ब्याट्री, एमजीको एस फाइभमा प्रयोग भएको अल्ट्रा थिन ब्याट्री र जीलीले बनाएका अल्ट्रा थिन ब्याट्री मुख्य उदाहरण हुन्। 

गोल्डेन शिल्ड २.० : सुरक्षा, आयु र चार्जिङ स्पीडमा अगाडि

विश्वकै ठूलो ब्याट्री निर्माता सीएटीएलसँग सहकार्य गरेर विकास गरिएको गोल्डेन शिल्ड ब्याट्री २.० ले एलएफपी प्रविधिको प्राकृतिक सुरक्षा गुणलाई अझ उन्नत बनाएको छ। यसमा एआईमा आधारित निगरानी प्रणाली, २०० डिग्री सेल्सिएससम्म ताप सहने सेपरटर र बहुस्तरीय मिलिट्री गृड सुरक्षा तह प्रयोग गरिएको छ। 

यसको अर्थ यो ब्याट्रीले केवल समस्या भएपछि नियन्त्रण मात्र गर्दैन बरु पहिल्यै खतरा पहिचान गरेर रोकथाम गर्छ। स्वतन्त्र उद्योग स्रोतहरूका अनुसार गोल्डेन शिल्डले २०० किलोवाट डीसी फास्ट चार्जमा ३० देखि ८० प्रतिशत चार्ज १५ मिनेटमै गर्न सक्छ। यसको ऊर्जा घनत्व १६०-१८० को दायरामा छ, जुन सुरक्षित र दीर्घकालीन एलएफपी ब्याट्रीका लागि अत्यन्त प्रतिस्पर्धी मानिन्छ।

गोल्डेन शिल्डलाई फरक बनाउने अर्को पक्ष भनेको यसको हजारौँ गुणस्तर जाँच बिन्दुहरू र निरन्तर डेटा ट्र्याकिङ प्रणाली हो। यसको उत्पादनदेखि प्रयोगसम्म प्रत्येक ब्याट्रीको सम्पूर्ण जीवनचक्र ट्र्याक गर्न मद्दत गर्छ। आजका अग्रणी ब्याट्री निर्माता कम्पनीहरूले अपनाइरहेको डेटा ड्रिभन उत्पादन प्रविधिसँग यो पूर्ण रूपमा मेल खान्छ।

यी सबै विशेषताहरू चरम तापक्रममा पनि स्थिर प्रदर्शन, ५ हजार चार्जिङ साइकल र ६ लाख किलोमिटरसम्मको आयुले गोल्डेन शिल्ड ब्याट्री आजको बजारमा सबैभन्दा अग्रगामी र मजबुत एलएफपी ब्याट्रीका रूपमा खडा भएको छ।

बीवाईडी ब्लोड ब्याट्री : संरचनात्मक सुरक्षा र स्थानको अधिकतम उपयोग

२०२० मा बजारमा आएको बीवाईडी ब्लेड ब्याट्रीले एलएफपी सेल संरचनामा नयाँ आयाम थपेको थियो। यसको लामो, पातलो सेल डिजाइनले परम्परागत ब्लक ब्याट्रीको तुलनामा ५० प्रतिशतभन्दा बढी आकार कम गरेर उपयोग दक्षता बढाएको हो। जसले ऊर्जा घनत्व र गाडीको डिजाइनमा लचिलोपन बढाउँछ।

अनुसन्धानहरूले ब्लेड ब्याट्रीले टेस्ला ४६८० जस्ता उच्च ऊर्जा ब्याट्रीको तुलनामा प्रयोग हुँदा करिब आधार ताप उत्पादन गर्छ जसले यसको आयु र सुरक्षा दुवैलाई मजबुत बनाउँछ। यसका बीच गोल्डेन शिल्ड २.०, एमजीका ईभीमा प्रयोग भएका अल्ट्रा थिन ब्याट्री सक्षम र अझै शक्तिशाली भएर आएका छन्। 

अन्य प्रमुख ब्याट्री प्रविधिहरू

निकेल-आधारित टेस्ला ४६८० जस्ता ब्याट्रीहरूले २४० डब्लूएच प्रतिकिलोग्रामभन्दा बढी ऊर्जा घनत्व दिन सक्छन्, जसले लामो रेञ्ज सुनिश्चित गर्छ। तर यी ब्याट्रीहरू धेरै तात्ने हुँदा जटिल कुलिङ प्रणाली आवश्यक हुन्छ र १००० देखि २००० साइकलपछि क्षमता घट्न थाल्छ। सीएटीएल जस्ता कम्पनीहरूले सोडियम आयन ब्याट्री विकास गरिरहेका छन्, जसमा गैरज्वलनशील रसायन प्रयोग हुने भएकाले अत्यन्त सुरक्षित मानिन्छ। प्रारम्भिक मोडेलहरूले १७५ डब्लूएच प्रतिकेजी ऊर्जा घनत्व र हजारौँ साइकल दिन सक्ने सम्भावना देखाएका छन्।  

साथै सोलिड स्टेट र सेमिसोलिड ब्याट्री प्रविधिले तरल इलेक्ट्रोलाइटलाई हटाएर अझ सुरक्षित र हलुका समाधान दिने आशा गरिएको छ तर यसको व्यावसायिक उत्पादन बजारमा आउन अझै केही वर्ष लाग्ने अनुमान गरिएको छ। सोलिड तथा सेमिसोलिड स्टेट ब्याट्री र सोडियम स्टेट ब्याट्री विभिन्न चरणमा प्रयोगशाला परीक्षणकै क्रममा छन्। 

मार्केटिङ रणनीतिमा सीमित ब्लेड ब्याट्री

ब्लेड ब्याट्रीलाई बीवाईडीले ईभी सुरक्षा र प्याकेजिङमा महत्त्वपूर्ण छलाङका रूपमा मार्केटिङ गरिँदै आएको छ। तर औद्याेिगक विश्लेषण र स्वतन्त्र अध्ययनका आधारमा ब्लेड ब्याट्रीका धेरै दाबी गरिएका फाइदाहरू वास्तवमा एलएफपी (लिथियम आइरन फोस्फेट) रसायनको स्वाभाविक गुण हुन् नकि कुनै अद्वितीय वा विशेष प्रविधिगत आविष्कार।

बीवाईडी आफैले ब्लेड ब्याट्रीलाई एलएफपी आधारित प्रणाली भनेर स्वीकार गरेको छ। एलएफपी प्रविधि पहिले नै उच्च थर्मल स्थिरता र आगो नलाग्ने विशेषताका लागि परिचित छ जुन आज विश्वभर प्रयोग भइरहेका धेरै अन्य एलएफपी ब्याट्रीहरूमा पनि समान रूपमा पाइन्छ। उद्योग विश्लेषकहरूका अनुसार ब्लेड ब्याट्रीको मुख्य फरक यसको सेलको आधार र प्याकेजिङ संरचना हो। यसको रसायन, चार्जिङ गति वा दीर्घायुमा कुनै आधारभूत क्रान्तिकारी परिवर्तन छैन। 

बीवाईडीले ब्लेड ब्याट्रीलाई प्रायः एनएमसी ब्याट्रीहरूसँग तुलना गरेर यसको सुरक्षा अब्बलता देखाउने गरेको छ जुन प्राविधिक रूपमा दुई फरक रसायनबीचको तुलना गर्नुपर्ने हो। यसले ब्लेड ब्याट्रीलाई अन्य एलएफपी प्रविधिभन्दा असाधारण देखाउन भ्रम सिर्जना गर्छ जबकि वास्तविकतामा यो लाभ एलएफपी रसायनकै सामान्य विशेषता मात्र हो। 

यसरी हेर्दा ब्लेड ब्याट्रीको विश्वव्यापी रूपमा अधिक सुरक्षितभन्दा बढी नेल पेनिट्रेसनलाई देखाएर मार्केटिङ र ब्रान्डिङ रणनीतिबाट बनेको हो जबकि नयाँ पुस्ताका एलएफपी समाधानहरूजस्तै गोल्डेन शिल्ड तथा अल्ट्रा थिन ब्याट्रीले वास्तविक प्राविधिक सुधार र प्रयोगकर्तालाई प्रत्यक्ष फाइदा दिने नवप्रवर्तक ब्याट्री प्रस्तुत गरिरहेका छन्। 

बजारको निष्कर्ष

विशेषज्ञहरूका अनुसार सबै प्रयोजनका लागि एउटै ब्याट्री उपयुक्त हुँदैन। प्रिमियम र लामो रेञ्ज दिने ईभीका लागि एनएमसी उपयुक्त हुन्छ भने दैनिक प्रयोगका लागि एलएफपी आधारित ब्याट्री सबैभन्दा सुरक्षित र दीर्घकालीन विकल्प हो। गोल्डेन शिल्डले फास्ट चार्ज लिन्छ जसका कारण २०० किलोवाटको डीसी चार्जरमा मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ। र, यो पारम्परिक ब्लेड ब्याट्रीमा कम्तीमा ३० मिनेट वा त्योभन्दा बढी लाग्छ।

गोल्डेन शिल्ड ब्याट्रीको आयु ५ हजार चार्जिङ साइकलभन्दा बढी भनिएको छ र यसको अर्ली वार्निङ एकुरेसी ९९ प्रतिशतभन्दा बढी छ जसले अत्याधुनिक सेल केमेस्ट्री र गुणस्तर जाँचलाई देखाउँछ।

तर सुरक्षा मापदण्ड, संरचनागत डिजाइन र थर्मल म्यानेजमेन्टका लागि चिनिएको ब्लेड ब्याट्री वास्तवमा स्पेस युनिलाइजेसनका लागि मात्र उत्कृष्ट छ। यसमा नेल पेनेट्रेसन र थर्मर टेस्ट त गरिएका छन् तर खराब अवस्थामा भने परीक्षण गरिएको छैन। 

नेपालजस्तो विकासशील ईभी बजारका लागि जहाँ चार्जिङ संरचना अझै विस्तार हुँदैन र भौगालिक अवस्था चुनौतीपूर्ण छ। गोल्डेन शिल्ड ब्याट्री २.० एक दूरगामी समाधानका रूपमा तयार भएर आएको छ जसले आजका ईभी चालकको आवश्यकता पूरा गर्छ। 


प्रकाशित : शनिबार, माघ १० २०८२१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend