सोमबार, वैशाख १७ गते २०८१    
images
images

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह पुनः निर्वाचित

images
बिजनेस न्युज
images
images
निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह पुनः निर्वाचित

४२ पदका लागि १०४ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए।

images
images

काठमाडौं- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन्। व्यावसायी रवि सिंह र निकोलश पाण्डेले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेकोमा सिंह प्यानलबाट अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, सह–कोषाध्यक्ष, उपमहासचिव निर्वाचित भए। पाण्डेको टिमबाट ५ उपाध्यक्ष र कोषाध्यक्ष चुनिए। २ उपाध्यक्ष भने निर्विरोध भएका थिए ।

images
images
images

अध्यक्ष 
रवि सिंह 

images

वरिष्ठ उपाध्यक्ष 
आङ्दोर्जी लामा 

images

उपाध्यक्षहरू
प्रदेश १
मोहनप्रसाद अधिकारी 
मधेस प्रदेश 
शम्भू ठाकुर
बागमती प्रदेश 
बालकृष्ण थापा
लुम्बिनी प्रदेश 
टोपबहादुर रायमाझी
कर्णाली प्रदेश 
रत्नबहादुर खड्का 
सुदुरपश्चिम प्रदेश 
प्रकाश सेठी

images
images

महासचिव 
रोशन दाहाल 

उपमहासचिव नीतिगत 
शिवहरी घिमिरे 
उपमहासचिव आन्तरिक 
नरहरि थपलिया 

कोषाध्यक्ष 
हिरान श्रेष्ठ 

सह-कोषाध्यक्ष 
सन्तोष शाह

महासंघको २३औं साधारण सभा तथा १२औं अधिवेशनबाट उनी विजयी भएका हुन्। महासंघको अधिवेशनबाट एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, एसोसियट सहित ८ जना उपाध्यक्षहरु, एकजना महासचिव, दुईजना उपमहासचिव, एक/एक जना कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित कुल ४२ जना निर्वाचित हुने व्यवस्था छ। 

उक्त पदका लागि १०४ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए। महासंघको निर्वाचनका लागि ११ सय ९८ जना मतदाता थिए। त्यसमध्ये आइतबार सम्पन्न मतदानमा ११ सय ८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। 

महासंघको साधारण सभा शुक्रबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको थियो। महासंघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रवि सिंह, वर्तमान वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र निमार्ण व्यवसायी हुमनाथ कोइरालाले उमेद्वारी दिएका थिए। 

चुनावी मैदानमा उत्रिएका वर्तमान अध्यक्ष सिंह महादेव खिम्ती निर्माण सेवाका सञ्चालक हुन् भने वर्तमान उपाध्यक्ष तथा अध्यक्षमा उठेका निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक र अर्का अध्यक्षका उमेद्वार बिकोई बिल्डर्सका सञ्चालक हुमनाथ कोइराला हुन्। 

images

प्रकाशित : सोमबार, फागुन ३० २०७८०१:३९
प्रतिक्रिया दिनुहोस