आइतबार, असोज ६ गते २०८१    
images
images

१० हजार जनसङ्ख्या भएका स्थानीय तहले पौने तीन करोड अनुदान पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २९ २०७८
images
images
१० हजार जनसङ्ख्या भएका स्थानीय तहले पौने तीन करोड अनुदान पाउने

सात प्रदेशले कूल ४३ अर्ब ७७ करोड ३ लाख र स्थानीय तहले ७० अर्ब ८ करोड ९९ लाख रूपैयाँ पाउने छन्।

images
images

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको छ।

images
images
images

आयोगले शुक्रबार मात्रै तथ्य र सूत्रका आधारमा समानीकरण अनुदानको सीमा तय गरेको हो। उक्त अनुदानको सिफारिसका लागि मानव विकास सूचकाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजस्वको अवस्था र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमता गरी पाँच वटा शीर्षक तय गरी मूल्याङ्कन गरिएको छ।

सो मूल्याङ्कनका आधारमा सात प्रदेशले कूल ४३ अर्ब ७७ करोड ३ लाख र स्थानीय तहले ७० अर्ब ८ करोड ९९ लाख रूपैयाँ पाउने छन्।

यस आधारमा समानीकरण अनुदानतर्फ सङ्घीय सरकारले १ खर्ब १३ अर्ब ८६ करोड २ लाख रूपैयाँ बराबरको बजेट उपलब्ध गराउनेछ।

images

आयोगले मानव विकास सूचकाङ्कमा १०, आर्थिक सामाजिक असमानतामा पाँच, पूर्वाधार विकासतर्फ १० प्रतिशत बराबरको भार तय गरेको छ। पूर्वाधारमा  सडकको घनत्व, विद्युत्को सुविधा, सूचना प्रविधिको पहुँच, खानेपानी र सरसफाइलाई उपसूचकमा राखिएको छ। राजश्वको अवस्थामा पाँच प्रतिशत र खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमतामा ७० प्रतिशत सूचकको भार राखिएको छ।

आयोगका अनुसार वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा प्रदेशका हकमा जनसङ्ख्या र क्षेत्रफललाई समान भार दिइएको छ। स्थानीय तहको हकमा सिफारिस गर्दा जनसङ्ख्यालाई मुख्य आधार बनाइएको छ। प्रत्येक स्थानीय तहलाई न्यूनतम अनुदान सिफारिस गर्दा १० हजारभन्दा कम जनसङ्ख्या भएका स्थानीय तहले कम्तीमा रु दुई करोड ७५ लाखमा नघट्ने गरी अनुदान पाउनेछन्।
 
आयोगका अनुसार १० हजारभन्दा कम जनसङ्ख्या भएका स्थानीय तहको सङ्ख्या ४७ छन्। दश हजारदेखि २० हजार बराबरको जनसङ्ख्या भएका स्थानीय तह १९० छन्। ती स्थानीय तहले न्यूनतम तीन करोड रूपैयाँ बराबरको वित्तीय समानीकरण अनुदान पाउँछन्।

२० हजारदेखि ३० हजार बराबरको जनसङ्ख्या भएका स्थानीय तह २०६ छन्। ती स्थानीय तहले न्यूनतम ३ करोड २५ लाख रूपैयाँ बराबरको वित्तीय समानीकरण अनुदान पाउँछन्। आयोगका अनुसार ३० हजारदेखि ४० हजार बराबरको जनसङ्ख्या भएका स्थानीय तह १२० छन्। उनीहरूले समान रूपमा ३ करोड ५० लाख रूपैयाँ बराबरको न्यूनतम वित्तीय समानीकरण अनुदान पाउँछन्।
 
कूल ७५३ वटै स्थानीय तहले पाउने न्यूनतम वित्तीय अनुदानको सीमा तय गरी आयोगले सरकारलाई सिफारिस गरेको छ। सोही आधारमा नै उनीहरूले बजेट प्राप्त गर्नेछन्। रासस


प्रकाशित : आइतबार, फागुन २९ २०७८१२:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend