बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लाभांश घोषणाको चर्चाले उचालियो टेलिकमको सेयर मूल्य, तोडिएला फागुन ११ गतेको रेकर्ड?

आइतबार, फागुन २९ २०७८
लाभांश घोषणाको चर्चाले उचालियो टेलिकमको सेयर मूल्य, तोडिएला फागुन ११ गतेको रेकर्ड?

काठमाडौं- नेपाल टेलिकमको सेयरले अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुने यात्रा तय गरेको छ। यसअघि गत फागुन ११ गते हालसम्मकै महँगो १७९९ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। त्यसपछि केही घटेको सेयर मूल्य पुनः बढ्न थालेको छ।

लाभांश आउने भएपछि सेयर लगानीकर्ता टेलिकमको सेयरमा झुम्मिएका छन्। जसका कारण सेयर मूल्य इतिहासकै महँगो हुने चरणमा पुनः प्रवेश गरेको हो। 

ntc.PNG

नेपाल टेलिकमको सेयर मूल्य आइतबार प्रतिकित्ता ६९ रुपैयाँले बढेर १७१५ रुपैयाँ कायम भएको छ। कम्पनीको आइतबार मात्रै १ लाख १६ हजार ५९७ कित्ता सेयर किनबेच हुदाँ १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। 

गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि ९२०७८ पुस मसान्त० मा  ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ। 

अघिल्लो वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष पनि सोही हाराहारीमा नगद लाभांश दिने सम्भावना रहेको छ। केही समय अगाडि बोनस सेयरसम्मको चर्चा चले पनि यसपटक पनि त्यो सम्भावना छैन। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९७२ रुपैयाँ रहेको थियो। 

खासगरी नाफा राम्रो कमाएकाले लाभांश बढी दिने आशामा लगानीकर्ता केन्द्रित भएका छन्। गत वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो। यसवर्ष पनि कम्पनीको क्षमता ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिने देखिन्छ। 

यस वर्ष पनि बोनस सेयरको हल्ला चलाइएको छ। तर १० वर्षको इतिहासमा हालसम्म नगद मात्रै लाभांश दिएको छ। कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ।

कम्पनीको बजार पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : आइतबार, फागुन २९ २०७८१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend