बुधबार, जेठ २ गते २०८१    
images
images

सरकारले भाडा समायोजन नगरे आफै बढाउने व्यवसायीको चेतावनी

images
आइतबार, फागुन २९ २०७८
images
images
सरकारले भाडा समायोजन नगरे आफै बढाउने व्यवसायीको चेतावनी
images
images

काठमाडौं- इन्धनको मूल्य लगातार बढीरहेकाले अहिलेकै भाडादरमा सवारीसाधन चलाउन नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघले आइतबार पत्रकार सम्मेलन गरेर इन्धनको मूल्य नबढेको अवस्थामा सरकारले भाडा समायोजन नगरे आफै बढाउने चेतावनी दिएका हुन्। 

images
images
images

इन्धनको मूल्यमा व्यापक वृद्धि भएकाले सवारी भाडा पनि सोही अनुसार बढाउने चेतावनी व्यवसायीहरुले दिएका छन्। यसअघि गत वैशाखमा सरकारसँग भएको सहमतिअनुसार नयाँ भाडादर कायम भएको थियो। 

images

तर त्यसयता इन्धनको मूल्य पटक-पटक वृद्धि भएकाले व्यवसायीहरू संकटमा परेको महासंघले जनाएको छ। आगामी ७ चैतभित्र इन्धनको मूल्यवृद्धि भएअनुसार वैज्ञानिक भाडादर कायम गर्न सरकारलाई आग्रह गर्ने अन्यथा आफै भाडादर बढाउने चेतावनी महासंघले दिएको हो। 

images
images

आइतबारको कार्यक्रममा महासंघले ९ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुनुपर्ने माग गरेको हो। इन्धनको मूल्य बढेको बढ्यै तर भाडा नबढेकाले अब व्यवसायीहरु बस चलाउन सक्ने अवस्था नरहेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। 

images
images

‘इन्धनको मूल्य बढेको बढ्यै छ, सवारी भाडादर बढ्दैन,’ उनले भने, ‘बस निकालेको किस्ता तिर्न नसकेर दिनदिनै पत्रिकामा यातायात व्यवसायीको नाम आउने अवस्था छ। त्यसैले भाडा समायोजन गर्न माग गरेका हौं।’ व्यवसायीहरुको आग्रह सरकारले नमाने महासंघ आफै भाडा समायोजन गर्न बाध्य हुने उनको भनाइ छ। 

बस चलाउँदा नै घाटा लाग्ने अवस्था आएकाले त्यहाँ आश्रित मजदुरको रोजीरोटी गुम्ने अवस्था आइसकेको महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘व्यवसायीले अब कसैगरिपनि बस चलाउन सक्ने अवस्था छैन,’ सिटौलाले भने, ‘सरकारले भाडा समायोजन गरेर कि व्यवसायी आफैंले बढाउने वा बस ग्यारेजमा लगेर थन्क्याउने बाहेक विकल्प हामीसँगै छैन।’ 

images

प्रकाशित : आइतबार, फागुन २९ २०७८०९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend