बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

चैतमा बैंकको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

आइतबार, फागुन २९ २०७८
चैतमा बैंकको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं- चैत महिनामा नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गरेको छ। बैंकर्स संघको बैठकले चैत महिनामा ब्याज नबढाउने सहमति गरेका हुन्। संघको निर्णयसँगै चैतमा फागुनकै ब्याजदर लागू हुनेछ। 

वाणिज्य बैंकले नबढाएपछि विकास बैंक र फाइनान्सले पनि फागुनकै ब्याजदरलाई निरन्तरता दिने छन्। ब्याजदरसँगै महंगी बढिरहेका बेला ब्याजर स्थिर राख्ने निर्णयले अर्थतन्त्रलाई केही राहत मिल्ने छ। 

समझदारीसंगै बैंकहरुले चैतको लागि मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम हुनेछ।  त्यस्तै बचत खाातामा न्युनतम ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर हुनेछ। त्यस्तै बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन्। तर बैंकहरुले तोकिएको सिमाभित्र रहेर ब्याजको दर आफुअनुकुल कायम गर्न कुनै रोक हुनेछैन।    

ब्याजदर यथावत रहेको अवस्थामा क्षेत्रीय स्तरका बिकास बैंकहरुले मुद्दतिमा अधिकतम ११.६५ र संस्थागतमा अधिकतम १०.६५ तथा राष्ट्रिय स्तरका विकास बैंकहरुले मुद्दतिमा अधिकतम ११.५५ र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर लिन पाउने छन्। त्यस्तै फाइनान्सहरुले मुद्दतिमा अधिकतम ११.७१  र संस्थागतमा अधिकतम १०.७१  प्रतिशत ब्याजदर कायम गर्न पाउनेछन्।  


प्रकाशित : आइतबार, फागुन २९ २०७८०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend