आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

विदेशी विनिमयको सञ्चिति सन्तुलित भएपछि आयातको कडाइ हट्छ‍ : अर्थमन्त्री 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २९ २०७८
विदेशी विनिमयको सञ्चिति सन्तुलित भएपछि आयातको कडाइ हट्छ‍ : अर्थमन्त्री 

विदेशी मुद्राको सञ्चिति सामान्य हुनेवित्तिकै आयातको कडाइ पनि फुकुवा हुने उनको भनाइ छ। 

काठमाडौं- अर्थमन्त्री जनार्दशन शर्मा प्रभावकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन्। आइतबार  भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार अशुली  प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए। 

'देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं' उनले भने'यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ।'  

विदेशी मुद्राको सञ्चिति सामान्य हुनेवित्तिकै आयातको कडाइ पनि फुकुवा हुने उनको भनाइ छ। 

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व संकलनको  लक्ष्य भएपनि आयातमा गरिएको कडाईका बाबजुत तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी दिए। 


प्रकाशित : आइतबार, फागुन २९ २०७८०५:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend