आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्यमा समान्य वृद्धि

आइतबार, फागुन २९ २०७८
सुनको मूल्यमा समान्य वृद्धि

आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ तोकिएको छ।

काठमाडौं- सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो। आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन १ लाख २ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, फागुन २९ २०७८०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend