शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आर्क्श ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन एवं डिजेल बस बिक्री वितरण गर्ने

बुधबार, पुस ३० २०८२
आर्क्श ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन एवं डिजेल बस बिक्री वितरण गर्ने

नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न ग्रिन अटोमोबाइल निरन्तर प्रभाबकारी रुपमा अगाडि बढ्ने प्रतिबद्ता जाहेर गर्दछ।

काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सवरी साधन एवं डिजेल लक्जरी बस आर्क्श ग्रुपमार्फत आयातित गोल्डेन ड्रागनका सवरी साधनहरु ग्रिन अटोमोबाइलले देशभर डिस्ट्रिब्युसन गर्ने छ। 

ग्रिन अटोमोबाइलले विद्युतीय कमर्सियल सवारीसाधन मार्फत मोबिलिटी सोलुसन दिन अग्रसर भएको हो। नवीन प्रविधिमा आधारित र वातावरणमैत्री, विद्युतीय सवारीमार्फत नेपालको यातायात क्षेत्रमा नयाँ आयाम ल्याउने एवं उपोभोक्ताहरु सहजीकरण गर्ने लक्ष्य रहेको छ।

नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न ग्रिन अटोमोबाइल निरन्तर प्रभाबकारी रुपमा अगाडि बढ्ने प्रतिबद्ता जाहेर गर्दछ। आगामी दिनमा पनि गुणस्तरीय सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा विस्तारमार्फत ग्रिन अटोमोबाइलले आफूलाई थप प्रमाणित गर्दै जाने बचनबद्दता गर्दछ।

'आर्क्श ग्रुपसँगको सहकार्यमा गोल्डेन ड्रागन ब्रान्डका विद्युतीय गाडी मार्फत हाम्रो उद्देश्य पूरा  हुने विश्वास लिएका छौँ,’ ग्रिन अटोमोबाइल प्रालिका एमडीले भने। ग्रिन अटोमोबाइलले पछिल्ला वर्षहरुमा आर्जन गरेको विस्वसनियता र अनुभवले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधनको बजार विस्तारमा ठूलो फड्को मार्ने दृढ विश्वास कम्पनीको छ। 

हाल गोल्डेन ड्रागनको १४ सिट क्षमताको विद्युतीय सवारी साधन बिक्री हुँदै आएको छ। अब कम्पनीले छिट्टै १२, १६ र १९ सिट  क्षमताका विद्युतीय माइक्रोबस, मिनिबस तथा २९,३३,३६,४१ सिट क्षमताका लक्जरी बसहरु बजारमा ल्याउने छ। यसका लागि आयात प्रक्रिया सुरु गरिसकेका छन्। त्यस्तै कम्पनीले सवारीसँगै पर्याप्त स्पेयर पार्टस र विभिन्न सहरहरु तथा रुटहरुमा सर्भिस सेन्टर खोल्ने काम सुरुवात गरेको छ। 

गोल्डेन ड्रागनका १४ सिट क्षमताको विद्युतीय माइक्रोबसमा ५३ किलोवाट आवरको सीएटीएलको ब्याट्री, ८० किलोवाट पिक र ५० किलोवाट रेटेड पावरको विद्युतीय मोटर, एबीएस तथा ईबीडीलगायत विशेषता रहेका छन्। यो माइक्रोबसले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर९एनईडीसी० रेन्ज दिने कम्पनीले जनाएको छ। 

हाइरुफ माइक्रोबसको लम्बाइ ५३ सय ३० एमएम, चौडाइ १७ सय एमएम र उचाइ २२ सय ६६ एमएम रहेको छ। 

गोल्डेन ड्रागनबारे

चीनमा स्थापिक बस ब्रान्ड गोल्डेन ड्रागनको मुल कम्पनी सियामिन गोल्डेन ड्रागन बस कम्पनी लिमिटेडका रुपमा रहेको छ। संयुक्त उपक्रम कम्पनीका रुपमा १९९२ मा स्थापना भएको यो कम्पनीले ५ मिटरदेखि १८ मिटरसम्म लामा विलासी बसहरु तथा लाइट कमर्सियल बसको विकास, उत्पादन र बिक्री गर्दै आएको छ। 

गोल्डेन ड्रागनद्वारा उत्पादित सवारीसाधनहरू चीनमा पनि अग्रपंती स्थान मा  बजार ओग टेको छ  साथै विश्वका करिब १२० भन्दा बढी देशहरूमा बिक्री तथा वितरण हुँदै आइरहेका छन्। 


प्रकाशित : बुधबार, पुस ३० २०८२१७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend