बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्राधिकरण महानिर्देशक बन्न दौडधुप, प्रतिस्पर्धामा को काे छन्?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
प्राधिकरण महानिर्देशक बन्न दौडधुप, प्रतिस्पर्धामा को काे छन्?

महानिर्देशकको दौडमा प्राधिकरण राष्ट्रिय गौरवक अन्तर्गतका आयोजना प्रमुख प्रदीप अधिकारी, विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारी, प्राधिकरणकै उपमानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री र उपमहानिर्देशक भोला गुरागाई रहेका छन्।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेल यही असोज ८ गतेबाट अवकाशमा जाँदै छन्।

२०७६ असार १३ गते महानिर्देशक नियुक्ति भएका पोखरेलले १२ औं तहको ६ वर्ष अवधि पूरा गर्दै पदबाट अवकाश हुन लागेका हुन्।

तर, महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदममा रहन पाउने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार पोखरेल ८ गतेबाट अवकाश हुँदै छन्। पोखरेलको अवकाश नजिकिँदै गर्दा महानिर्देशक पदका लागि दौडधुप सुरु भएको छ।

महानिर्देशकको दौडमा प्राधिकरण राष्ट्रिय गौरवका अन्तर्गतका आयोजना प्रमुख प्रदीप अधिकारी, विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारी, प्राधिकरणकै उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री र उपमहानिर्देशक भोला गुरागाइँ रहेका छन्। 

यी ४ मध्ये प्रवक्ता क्षेत्रीको पुस २५ गते स्वत: अवकाश हुनेछ भने गुरागाइँ फागुन २७ गते अवकाश हुँदैछन्। क्षेत्री र गुरागाइँ १२ औं तहमा बढुवा भएपछि पदमा रहन पााउने ६ वर्षे अवधिका कारण अवकाश हुने छन्। क्षेत्रीको ६ वर्षे हदका पुसमै कार्यकाल सकिने छ। भने  गुरागाइँको आउने फागुनमै कार्यकाल सकिँदैछ।

क्षेत्री विवादमा परेपछि विमानस्थल प्रमुखबाट महानिर्देशक पोखरेलले मुख्यालय तानेका थिए। मन्त्रिपरिषद्ले नियुक्त गर्ने महानिर्देशक पदमा अधिकारी र तिवारीको मुख्य भिडन्त देखिएको छ। दुईले मात्रै पूरा कार्यकाल महानिर्देशक बन्न पाउने छन्।

यता भरखरै मात्र विमानस्थल प्रमुख बनेका तिवारीले पूरै कार्यकाल नेतृत्व पाउने भए पनि उनले भने अहिले नै महानिर्देशक बन्ने इच्छा देखाएका छैनन्। 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१०:३१
  • सम्बन्धित विषय:

  • # नागरिक उड्डयन प्राधिकरण
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend