सोमबार, वैशाख १७ गते २०८१    
images
images

निर्माण व्यवसायी महासंघको अध्यक्षमा त्रिपक्षीय भिडन्त : सिंह, पाण्डे र कोइरालाको उमेद्वारी

images
images
images
निर्माण व्यवसायी महासंघको अध्यक्षमा त्रिपक्षीय भिडन्त : सिंह, पाण्डे र कोइरालाको उमेद्वारी

महासंघको शुक्रबारदेखि सुरु भएको २३औं साधारणसभा एवं १२औं अधिवेशनका क्रममा आइतबार हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि ३ जनाले उमेद्वारी दर्ता गराएका हुन्। 

images
images

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदका लागि ३ जनाले उमेद्वारी दर्ता गराएका छन्। महासंघको शुक्रबारदेखि सुरु भएको २३औं साधारणसभा एवं १२औं अधिवेशनका क्रममा आइतबार हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि ३ जनाले उमेद्वारी दर्ता गराएका हुन्। 

images
images
images

उमेद्वारहरुको प्रथम नामावली निर्वाचन समितिले प्रकाशन गरेको छ। महासंघको आइतबार हुने निर्वाचनका लागि उमेद्वारको नामावली प्रकाशन भएको हो। महासंघको नयाँ नेतृत्वका लागि आइतबार बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार बिहान उमेद्वारी दर्ता गरिएको थियो। 

images

अध्यक्षका लागि वर्तमान अध्यक्ष मादेव खिम्ती निर्माण सेवाका सञ्चालक रवि सिंह, कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा महासंघका वरिष्ट उपाध्यक्ष निकोलस पाण्डे, विकोइ विल्डर्सका हुमनाथ कोइरालाले उमेद्वारी दिएका हुन्। 

images

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा आशिष कन्स्टनका सञ्चालक टेकबहादुर सेठ्ठी, शेर्पा निर्माण प्रालिका लक्ष्मणकुमार राना, रौताहा कन्स्ट्रक्सन प्रालिका धिरेन्द्रकुमार दाहाल, पीएस कन्स्टक्सन प्रालिका इन्जिनियर आदोर्जे लामाले उमेद्वारी दिएका छन्।

images
images

उपाध्यक्ष एसोसिएटमा बन्धन भगवती निर्माण सेवाका रामजी पन्त, वी एन्ड केडिएस कन्स्ट्रक्सन प्रालिका भाइराजा श्रेष्ठ, समानान्तर निर्माण सेवा प्रालिका अच्युतप्रसाद खरेलले उमेद्वारी दिएका हुन्।

त्यसैगरी महासचिव पदमा आर्डि एन्ड निर्माण सेवा प्रालिका रोसन दाहाल, देव एन्ड सायर कन्स्ट्रक्सनका बासुदेव सुवेदी, धुलीखेल निर्माण सेवाका टकप्रसाद चौँलागाइँ, आर कोमल कन्स्टक्सनका रामशरण देउजा र दी आनन्द प्रालिका आनन्दप्रसाद अधिकारीले उमेद्वारी दिएका छन्।

यसका साथै उपमहासचिव नितिगत कार्यभारमा सुरेन्द्रराज केसी, शिवहरि घिमिरे र मंगल बहादुर शाहीले उमेद्वारी दिएका छन्। उपमहासचिव आन्तरिक कार्यभारतर्फ बालाजु श्रेष्ठ र नरहरि थपलियाले उमेद्वारी दिएका हुन् महासंघको कोषध्यक्ष पदका लागि हिरणकुमार श्रेष्ठ र अमर बहादुर विष्टले उमेद्वारी दिएका छन् भने

सहकोषध्यक्षमा लक्ष्मी बस्नेत (कार्की), मोहनकुमारी कालिकोटे, जयकुमार ढकाल, बबिता कटुवाल, सन्तोष साह, माधव घिमिरे र सरस्वती कार्कीले उमेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ। 

प्रदेशतर्फ पनि दर्जनभन्दा बढीले उमेद्वारी दर्ता गराएका छन्। 

images

प्रकाशित : शनिबार, फागुन २८ २०७८१२:२०

प्रतिक्रिया दिनुहोस