बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लाभांश र हकप्रदले अपि पावरको सेयर मूल्यमा नयाँ रेकर्ड बन्दै, कति आउँदैछ हकप्रद?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २९ २०७८
लाभांश र हकप्रदले अपि पावरको सेयर मूल्यमा नयाँ रेकर्ड बन्दै, कति आउँदैछ हकप्रद?

काठमाडौं- पुनः हकप्रद दिने भएपछि अपि पावर कम्पनीको सेयर मूल्य रेकर्डमा पुग्ने अनुमान गरिएको छ। धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रदको अनु्मति दिएसँगै सेयर मूल्य पनि रेकर्ड हुने अनुमान गरिएको हो। अपि पछिल्लो समय सेयर कारोबार धेरै हुने सूचीमा पर्दै आएको छ।

समग्र नेप्से परिसूचक घटेपनि बिहीबार पनि अपि पावरको सर्वाधिक कारोबार भएको थियो। अपिको बिहीबार १६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

अपिको ३ लाख ३२ हजार कित्ता कारोबार भएको हो। कम्पनीको पछिल्लो सातादेखि उच्च कारोबारको सूचीमा पर्दै आएको छ। बिहीबार अपिको प्रतिकित्ता ५१३ रुपैयाँ प्रतिकित्ता मूल्यमा कारोबार भएको थियो। बिहीबार मात्रै कम्पनीको सेयर प्रतिकित्ता २८ रुपैयाँले बढेको हो। 

api new.PNG


कम्पनीको ५२ हप्तामा अधिकतम ६७० रुपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम २८५ रुपैयाँमा कारोबार भएको थियो। ०७७/७८ को नाफाबाट ११.०५ प्रतिशत लााभांश घोषणा गरेको कम्पनीले १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगदर लाभांश दिएको छ। यो लाभांश कम्पनीले हालसम्मकै धेरै वितरण गरेको हो। 

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ। नेप्सेमा २ करोड ७५ लाख ८९ हजार १ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत कम्पनीको बजार मूल्यांकन १४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। 

गत वर्ष पनि हकप्रद दिएको कम्पनीले पुनः १ करोड ८६ हजार कित्ता हकप्रद ल्याउन लागेको हो। अपिले ०ः३९ कित्ता हकप्रद दिएको हो। 


प्रकाशित : आइतबार, फागुन २९ २०७८०१:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend