बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाल भन्छन्- कम्युनिष्टहरु आउँदा सेयर बजारले सहज 'फिल' गरेन

शनिबार, फागुन २८ २०७८
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाल भन्छन्- कम्युनिष्टहरु आउँदा सेयर बजारले सहज 'फिल' गरेन

काठमाडौं- कम्युनिष्टहरु आउँदा सेयर बजारले सहज फिल नगरेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपालले बताएका छन्। सेयर बजारलाई लगानीकै रुपमा हेर्नुपर्नेमा कम्युनिष्टहरुले फरक ढंगले हर्दा समस्या आएको समेत उनले बताएका हुन्।

सेयर बजारमा केही हल्लाखोरहरु पनि रहेको उल्लेख गर्दै हल्लाबाट सर्वसाधारणको लगानी बचाउन पनि नियमक टाठो हुनुपर्नेमा नेपालले उनले जोड दिए। धितोपत्र बोर्डका पूर्वअध्यक्ष समेत रहेका नेपालले आर्थिक गतिविधिको पाटोको रुपमा पनि सेयर बजारलाई हर्नुपर्ने उल्लेख गरे।

‘कम्युनिष्टहरु आउँदा सेयर बजारले सहज फिल गरेन, उहाँहरु कहिले जुवाघर भन्ने कहिले के भन्ने भएकाले बजार विश्वस्त हुन सकेन। उहाँहरुले प्रबर्द्धन गर्न खोज्दा पनि विश्वास मान्दैनन्,’ नेपालले भने। अहिले धेरै कुरा बुझ्ने मान्छे भएपनि बाबुराम भट्टराईले नै धितोपत्रलाई जुवाघर भनेको प्रसंग उल्लेख गर्दै नेपालले त्यसको कुरा खन्डन आफैले गरेको समेत बताए। ‘सुन किन्नु आयातामा जानु हुन्डीमा अड्कनु भन्दा सेयरमा पैसा जानु राम्रो हो,’ नेपालले भने। 

रियल सेक्टर पुँजी बजारमा नआउनुले पनि समस्या आएको बताउँदै ३९ वटा पुँजीबजार लिस्टेड कम्पनीहरु हराएको उल्लेख गर्दै पूर्वगभर्नर नेपालले सेयर बजारमा यस्ता समस्या अहिने न्यु्नीकरण भएको समेत बताए। ‘रियल सेक्टरलाई तान्नुपर्छ, उनीहरुलाई नीतिगत रुपमा आकर्षित गर्नुपर्छ,’ नेपालको भनाइ छ। 


प्रकाशित : शनिबार, फागुन २८ २०७८११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend