शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

६ ठाउँमा २ करोड खर्चेर पर्यटन पूर्वाधार बनाउँदै विभाग

images
शनिबार, फागुन २८ २०७८
images
६ ठाउँमा २ करोड खर्चेर पर्यटन पूर्वाधार बनाउँदै विभाग

विभागले ६२ लाख ५३ हजार रुपैयाँ खर्चेर नुवाकोटको दुप्चेश्वरमा पर्यटन पूर्वाधार विकास गर्न लागेको हो।

images
images

काठमाडौं- पर्यटन विभागले करिब २ करोड रुपैयाँ खर्चेर पर्यटन पूर्वाधार विकास गर्ने भएको छ। विभागले ६ ठाउँको पर्यटन पूर्वाधार विकासका लागि कम्पनी समेत छनोट गरेको छ।

images
images
images

विभागले ६२ लाख ५३ हजार रुपैयाँ खर्चेर नुवाकोटको दुप्चेश्वरमा पर्यटन पूर्वाधार विकास गर्न लागेको हो। यसका लागि विभागले  निसान कन्स्ट्रक्सन कम्पनी छनोट गरेको छ।

images
images

यसैगरी विभागले सिन्धुपाल्चोकको सतिदेवी क्षेत्रमा २० लाख ८० हजार रुपैयाँ खर्चेर पर्यटन पूर्वाधार विकासका लागि नाम्गेल कन्स्ट्रक्सन कम्पनी छनोट गरेको छ।

images
images

साथै विभागले सिराहको सुखिपुर क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि ३६ लाख ६७ हजार  रुपैयाँ  र पर्वतको पवित्रा गुफा क्षेत्रको पर्यटन पूर्वाधार विकासमा १५ लाख ७४ हजार रुपैयाँ खर्च गर्ने गरी कम्पनी छनोट गरेको छ।

यसैगरी विभागले गोरखाकालिका स्याङ्जा क्षेत्रको पर्यटन पूर्वाधार विकासमा २८ लाख ६५ हजार रुपैयाँ र रक कलाइमिङ दोलखा क्षेत्रमा पर्यटन पूर्वाधार विकासमा ३० लाख ६६ हजार रुपैयाँ खर्च गर्ने गरी कम्पनी छनोट गरेको छ।


प्रकाशित : शनिबार, फागुन २८ २०७८०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend