शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

२०२५ मा भित्रिए ३७ सय ६१ विद्युतीय कमर्सियल सवारी, कुन ब्रान्डको कति?

मंगलबार, पुस २९ २०८२
२०२५ मा भित्रिए ३७ सय ६१ विद्युतीय कमर्सियल सवारी, कुन ब्रान्डको कति?

गुणस्तरीय र विश्वसनीय ब्रान्डका सवारी आयातको सुनिश्चितता सरकारले गर्नुपर्ने बेला आइसकेको छ। लाखौँ डलर खर्चिएर आयात गरिएका यस्ता माइक्रोबस तथा भ्यानको पार्ट्स र सर्भिस नपाउने अवस्था आयो भने उपभोक्ताको लगानी डुब्नेछ।

काठमाडौं- सञ्चालन खर्च कम भएको र चीनबाट सहजै आयात गर्न सकिने भएसँगै विद्युतीय कारमात्र होइन नेपाली बजारमा विद्युतीय माइक्रोबस तथा भ्यानको आयातसमेत उल्लेख्य रुपमा बढेको छ। संख्यासँगै पछिल्ला वर्षहरुमा चीनबाट आयात हुने कमर्सियल विद्युतीय सवारीका ब्रान्ड संख्यासमेत बढेको छ। 

छोटो तथा मध्यम रुटमा र व्यावसायिक प्रयोजनमा ११ सिट क्षमता र १४ सिट क्षमताका विद्युतीय माइक्रोबसको माग बढेकाले आयात बढेको हो। नेपाली बजारमा हाल करिब ३० भन्दा बढी विद्युतीय माइक्रो बस तथा भ्यानका ब्रान्ड र तीनका दर्जनौँ मोडल उपलब्ध छन्। 

माइक्रोबस तथा भ्यानका आयातमा ठूला व्यावसायिक घरानादेखि स्टार्टप व्यवसायीहरुसम्म लागिपरेका छन्। यसरी आयात भइरहेका ब्रान्डहरुमध्ये केही ब्रान्डेड छन् भने कयौँ ननब्रान्डेड छन्। कुनै चीनका स्टार्टप कम्पनी छन् त कुनै संकटोन्मुख ब्रान्ड छन्। उपभोक्ताले नियमित स्पेयर पार्ट्स र सर्भिस उपलब्ध हुनेर चीनमा चलेका र नेपालबाहेक अन्य देशमा निर्यात हुने ब्रान्डका सवारी खरिद गर्नु उपयुक्त हुन्छ। 

२०२५ मा नेपाली बजारमा ३७ सय ६१ वटा विद्युतीय कमर्सियल सवारी आयात भएका छन्। विद्युतीय कमर्सियल सवारीमा भ्यान, माइक्रोबस, मिनिबस, विद्युतीय पिकअप तथा ट्रकसम्म रहेका छन्। विद्युतीय कमर्सियल सवारी धेरै चीनबाट आएका हुन्। उक्त संख्यामा आयात भएको कमर्सियल विद्युतीय सवारीमा ठूलो हिस्सा भने ११ सिट क्षमताको भ्यान तथा १४ सिटसम्मका माइक्रोबसको रहेको छ। 

सो संख्यामध्ये २०२५ मा सबैभन्दा विद्युतीय कमर्सियल सवारी किङलङ ब्रान्डको आयात भएको हो। एक वर्षमा किङलङका ५ सय ९ वटा विद्युतीय सवारी आयात भएको तथ्यांक छ। त्यस्तै दोस्रो धेरै आयात हुने ब्रान्ड साइनरे हो। २०२५ मा एसआरएमका ४ सय ५० वटा विद्युतीय सवारी आयात भएको थियो। 

यसैगरी तेस्रो धेरै आयात भएको केवाईसी ब्रान्डका ४ सय ५१ वटा, चौथो स्थानमा रहेको डीएफएसकेका ४ सय ४५ वटा, पाँचौ स्थानमा रहेको ब्रान्ड जोयलङका ३ सय ७५ वटा विद्युतीय सवारी २०२५ मा आयात भएको थियो। 

जोयलङपछि धेरै आयात हुने ब्रान्ड फोटोनका २ सय २७ वटा विद्युतीय सवारी आयात हुँदा कामा ब्रान्डका १ सय ९६ वटा आयात भएको भन्सारको तथ्यांक छ। कामालाई पछ्याएको कावे ब्रान्डका १ सय ८१ वटा विद्युतीय सवारी २०२५ मा आयात हुँदा डोङफेङ ब्रान्डको १ सय ५१ विद्युतीय भ्यान तथा माइक्रोबस आयात भएको थियो। त्यस्तै सोही वर्ष सोकोन ब्रान्डका १ सय ४५ वटा विद्युतीय सवारी आयात भएको तथ्यांक छ। 

भन्सारको तथ्यांकअनुसार २०२५ मा ४१ ब्रान्डका कमर्सियल विद्युतीय सवारी आयात भएको छ। १० ब्रान्डले गत वर्ष १ सय वटाभन्दा बढी सवारी आयात गरेका छन्। १७ वटा ब्रान्डले दोहोरो अंकमा सवारी आयात गर्न सकेका छैनन्। करिब आधा दर्जन ब्रान्डका विद्युतीय कमर्सियल सवारी दुई वा दुईभन्दा बढी कम्पनीले आयात गर्दै आएका छन्। 

सञ्चालन खर्च न्युन भएकाले व्यवसायिक प्रयोजनमा विद्युतीय माइक्रोबस तथा भ्यान प्रति यातायात व्यवसायीहरु आकर्षित भएका हुन्। डिजेल माइक्रोबस सरह नै भाडामा सञ्चालन गर्न पाइने भएकाले व्यवसायीहरु विद्युतीय माइक्रोबसतर्फ मोडिएका हुन्। 

तर विद्युतीय माइक्रोबस तथा भ्यानको आयात बढ्दै जाँदा उपभोक्ताले समयमै र उचित मूल्यमा सर्भिस र स्पेयर पार्टस पाउन नसकिरहेको गुनासो आउन थालिसकेको छ। जसका कारण विद्युतीय माइक्रोबस तथा भ्यान प्रति उपभोक्तामा नैरास्यता आउन सक्छ। आयातकर्ताहरुले यसबारेमा बेलैमा सोच्नु पर्ने व्यवसायीहरुको भनाइ छ।  

यी हुन् २०२५ मा आयात भएको विद्युतीय कमर्सियल सवारी ब्रान्ड र संख्या : 

किङलङ- ५ सय ९

एसआरएम- ४ सय ५०

केवाईसी- ४ सय ५१

डीएफएसके- ४ सय ४५

जोयलङ- ३ सय ७५

फोटोन- २ सय २७

कामा- १ सय ९६

कावे- १ सय ८१

डोङफेङ- १ सय ५१

सोकोन- १ सय ४५

नियोसी- ९०

हाइगर- ७१

किटोन- ६१

चेरी वान्डा- ६०

सनलङ- ५२

स्काइवर्थ- ३०

क्यारी- ३०

गोनाओ- २६

स्काइवेल- २५

इभेको- २५

एसआरएम- २४

गोल्डेन ड्रागन- २२

ह्वाजी- १८

वान्डा- १२

अक्वोल- १२

भिक्टोरी- ९

पर्पल इलाफेन्ट- ९

विलिङ- ७

झोङटोङ- ६

आरजेडएम- ६

फेदी- ३

फारिजोन- ३

आईमो- ३

भान्चे- २

टेङलोङ- २

लिनइक्स- २

गेको- २

सेन्ट्रल- २

बनलक- २

जेडईभी-१

सीएचटीसी- १

सेन्ट्रो- १

यस्ता विद्युतीय कमर्सियल सवारीहरुको महिनागत आयात संख्या यस्तो छ :

जनवरी- २ सय ३१

फेब्रुअरी- ४ सय ३७

मार्च- ४ सय १९

अप्रिल- ३ सय ८१

मे- १५ सय ५४

जुन- शून्य

जुलाई- ३४

अगस्ट- ४०

सेप्टेम्बर- २४

अक्टोबर- १ सय १८

नोभेम्बर- ३ सय ३२

डिसेम्बर- १ सय ९४

गुणस्तरीय र विश्वसनीय ब्रान्डका सवारी आयातको सुनिश्चितता सरकारले गर्नुपर्ने बेला आइसकेको छ। लाखौँ डलर खर्चिएर आयात गरिएका यस्ता माइक्रोबस तथा भ्यानको पार्ट्स र सर्भिस नपाउने अवस्था आयो भने उपभोक्ताको लगानी डुब्नेछ।


प्रकाशित : मंगलबार, पुस २९ २०८२१६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend