शनिबार, वैशाख १५ गते २०८१    
images
images

आन्तरिक उडानमा थपियो नयाँ एयरलाइन्स ‘शिवम’

३ जहाजमार्फत स्टोलमा उडान गर्ने

images
images
images
आन्तरिक उडानमा थपियो नयाँ एयरलाइन्स ‘शिवम’
images
images

काठमाडौं- हवाई उड्डययन क्षेत्रमा आन्तरिक उडानतर्फ नयाँ कम्पनी एयरलाइन्स कम्पनी थपिएको छ। स्टोलमा उडान गर्ने गरी शिवम एयरलाइन्सले लाइसेन्स पाएको छ।

images
images
images

एयरलाइन्स कम्पनीको लाइसेन्सका लागि शिवमले एक वर्षअगाडि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो।

images

शिवमको निवेदनउपर मन्त्रालयको हवाई उद्योग महाशाखाले अध्ययन गरेर स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाएको थियो। सोहीअनुसार शिवमले यही फागुन २६ गते बिहीबार मात्रै स्वीकृत पाएको हो।

images

अब एयरलाइसन्स कम्पनीलाई मन्त्रालयलले ३ दिनभित्र पत्र दिने छ। पत्र पाएको ७ दिनभित्र उसले तिर्नुपर्ने रकम तथा धरौटी रकम राखेपछि एयरलाइन्स कम्पनीको लाइसेन्स पाउने छ।

images
images

मन्त्रालयबाट एयरलाइन्स कम्पनीको लाइसेन्स पाइएपछि एनओसीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिनुपर्छ।

प्राधिकरणले पनि प्रारम्भिक अध्ययन गरेपछि मात्र एनओसी दिनेछ। एनओसी पाएपछि एयरलाइन्स कम्पनीले जहाज ल्याउन पाउँछ। जहाज ल्याएर सबै प्रक्रिया पूरा गरेपछि प्राधिकरणले एओसी जारी गर्छ। एओसी पाएपछि मात्र ती जहाज उडानमा आउन पाउँछन्।

मन्त्रालयले एयरलाइन्सले पोखरालाई वेस बनाएर उडान गर्ने भन्दै लाइसेन्सका लागि निवेदन दिए पनि नेपालगञ्जलाई बेस बनाएर उडान गर्ने गरी लाइसेन्स दिन लागेको हो। एयरलाइन्सले स्टोलका १४ वटा गन्तव्यमा ३ वटा साना प्रकृतिको जहाजबाट उडान गर्ने योजना पेस गरेको छ।

एयरलाइन्से विस्तारै भैरहवालाई बेस बनाउनेसमेत तयारी गरेको छ। एयरलाइन्सका मालिक दिनेश आर्चायले जतिसक्दो छिट्टो सबै प्रक्रिया पूरा गरेर जहाज ल्याउँदै आन्तरिक उडानमा सेवा दिने बताए।

अहिले स्टोलको आन्तरिक उडानमा तारा, समिट र सिता एयरले उडान गर्दै आएका छन्। यसैगरी आन्तरिक उडानमा बुद्ध, यती, श्री, गुण, सौर्य र नेपाल एयरलाइन्सले टंक रुटमा उडान गर्दै आएका छन्। शिवमको प्रवेशसँगै स्टोलको उडानमा थप प्रतिस्पर्धा हुने भएको छ।

अब स्टोलमा तारा, समिट, सिता र शिवमको प्रतिस्पर्धा हुने छ। आन्तरिक उडानमा सबै भन्दा बढी हजार हिस्सा ओगट्न सफल बुद्ध एयरले पनि स्टोलमा उडान तयारी गरिरहेको छ।

जो आर्थिक संकटकै कारण बन्द भए

सञ्चालनमा आएका नेपाल एयरवेज, कस्मिक, नेकोन, काष्ठमण्डप, मकालु लगायतका एयरलाइन्स उडान सुरु भए पनि आर्थिक संकटका कारण बन्द हुन पुगे। ती एयरलाइन्सहरुको एओसी समेत खारेज भइसकेको छ।

अहिले पनि सञ्चालनमा रहेका कतिपय एयरलाइन्सले आर्थिक संकट भोग्दै आएका छन्।

images

प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०१:५४

प्रतिक्रिया दिनुहोस