शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’सहितको दिपल ई०७ ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारीमा एमएडब्लू वृद्धि

शनिबार, पुस २६ २०८२
‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’सहितको दिपल ई०७ ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्ने तयारीमा एमएडब्लू वृद्धि

यो नयाँ ई०७ मा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ।

काठमाडौं- गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली बजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लू वृद्धिले यो वर्ष सोही ईभीको नयाँ ग्राउन्ड ब्रेकिङ संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

ई०७ले एउटा बटन थिच्नेबित्तिकै प्रिमियम एसयूभीबाट पिकअपमा रूपान्तरण हुने अद्भुत क्षमतामार्फत एसयूभीको परिभाषा नै बदलिदिएको थियो। अब ट्रान्सफर्मर एक्स यसै नवप्रवर्तनलाई अझ उचाइमा पुर्‍याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापना गर्न तयार छ। 

यो नयाँ ई०७ मा एड्भान्स्ड एयर सस्पेन्सन सिस्टम छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ। यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सीडीएस), अधिकतम २२३ एमएमसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लेरेन्स साथै सहज राजमार्ग र कठिन भूभाग दुवैका लागि छुटाछुट्टै ड्राइभिङ मोडहरू उपलब्ध छन् जसले नेपालका विविध सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्छ। 

साथै नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिट छ। यसले हरेक यात्रालाई फर्स्ट क्लास अनुभवमा परिणत गर्छ। प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४ वे पावर एड्जस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ। 

पछाडिका यात्रुहरूले पनि अझ बढी नियन्त्रण र सुविधा अनुभव गर्न सक्नेछन्। पछाडिको सिटबाटै ट्रंक र रियर डोम सञ्चालन, सिटको हिटिङ र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिङ एड्जस्टमेन्ट साथै छुट्टै रियर सिट फल्डिङ कन्ट्रोल सिस्टम उपलब्ध हुनेछ जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रूपान्तरण गर्छ।

यी सबै सुविधाले नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्सलाई अहिलेसम्मकै उन्नत संस्करणका रूपमा स्थापना गर्ने अपेक्षा गरिएको छ। 


प्रकाशित : शनिबार, पुस २६ २०८२१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend