आइतबार, जेठ ६ गते २०८१    
images
images

एमएडब्लू भृद्धिले ल्यायो ओमेगा सिक्कीको विद्युतीय सवारी

images
शुक्रबार, फागुन २७ २०७८
images
images
एमएडब्लू भृद्धिले ल्यायो ओमेगा सिक्कीको विद्युतीय सवारी
images
images

काठमाडौं- भारतीय विद्युतीय सवारी उत्पादक कम्पनी ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा आउने भएको छ। त्यसका लागि ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो। 

images
images
images

दुई कम्पनीबीच केही दिनअघि आधिकारिक बिक्रेताको सम्झौता भएको थियो। एमएडब्लू भृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी ल्याउने छ। 

images
omeg.jpg

ओएसएम भारतको विद्युतीय सवारी उत्पादक कम्पनी हो। अब एमएडब्लू भृद्धिले ओएसएमका तीन पांग्रे विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउने छ। ओएसएमले उत्पादन गरेका सबै उत्पादन राग प्लस, राग प्लस १२५, राग र्‍यापिडलगायत विद्युतीय तीन पांग्रे सवारी ल्याउने छ। 

images
images
omegaseiki.png

नेपाल र भारत सरकारबीच विगतदेखि नै राम्रो सहकार्य हुँदै आएको र यस्तो सहकार्य व्यवसायिक स्तरमा समेत रहेको भन्दै आृेमेगा सिक्की मोबिलिटीका संस्थापक तथा अध्यक्ष उदय नराङले भने, ‘नेपालमा वातावरणमा असर अर्दै गएकाले विद्युतीय सवारी त्यहाँका लागि उपयुक्त हुनेछ। जुन ओएसएमलृे समेत उत्पादन गर्दै आएको छ।’ ओएसएम र एमएडब्लू भृद्धिबीचको सहकार्यले यो क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास उनले व्यक्त गरे। 

images
images

त्यस्तै एमएडब्लू भृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारीयाले ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताए। कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने सिकारीयाले उल्लेख गरे। 

एमएडब्लू भृद्धिले नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आएको छ। 


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०१:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend