आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

विदेशी मुद्राको सञ्चिति घट्नेक्रम रोकिएन, माघमै घट्यो १४ करोड डलर 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
images
images
विदेशी मुद्राको सञ्चिति घट्नेक्रम रोकिएन, माघमै घट्यो १४ करोड डलर 

तर वास्तविक विदेशी मुद्राको सञ्चिति भने एक महिनामै १४ करोड अमेरिकी डलर घटेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको सातौं महिनामा पुग्दा शोधनान्तर घटाको खाडाल न्यून हुँदै गएपनि विदेशी मुद्राको सञ्चिति घट्ने क्रम जारी नै छ। 

images
images

डलरको मूल्य उच्च हुँदा नेपाली रुपैयाँमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएपनि डलर सञ्चिति भने माघमा पनि घटेको छ। नेपाली रुपैयाँमा सवा सात अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति बढेको देखिएको छ। तर वास्तविक विदेशी मुद्राको सञ्चिति भने एक महिनामै १४ करोड अमेरिकी डलर घटेको छ। 

images
images

आयातको वृद्धिदरमा न्यून भएको, रेमिट्यान्स घट्ने दरमा पनि केही घटेकाले शोधनान्तर घटा बढ्ने क्रममा पनि ब्रेक लागेको छ। आयातको वृद्धिदर घट्दा आयात क्षमतामा सुधार भएपनि वास्तविक विदेशी मुद्राको सञ्चिति भने थपिन सकेको छैन। 

images
images
images

असारको तुलनामा १७ प्रतिशतले विदेशी मुद्राको सञ्चिति घटेको छ। २०७८ को असारमा ११ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति भएकोमा माघ मसान्तसम्म ९ अर्ब ७५ करोडमा सीमित भएको छ। 

पछिल्लो सात महिनामा २ अर्ब अमेरिकी डलर सञ्चिति घटेको छ। 

 


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend