बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

जाल्पा लघुवित्तको सेयर खातामा, पहिलो कारोबार कतिमा?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
जाल्पा लघुवित्तको सेयर खातामा, पहिलो कारोबार कतिमा?

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको सेयर सुचिकृत भएको छ। शुक्रबार कम्पनीको १६ लाख कित्ता सेयर सुचिकृत भएको हो। 

सेयर सुचिकृत भएसंगै आगामी आइतबारदेखि उक्त सेयर कारोबार गर्न सकिने भएको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। 

 जाल्पा लघुवित्त वित्तिय संस्थाले माघ २१ गतेदेखि माघ २५ गतेसम्म  प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो। 


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend