शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कठिन बन्दै इन्टरनेटमा 'पहिचानको प्रमाण'

सोमबार, पुस २१ २०८२
कठिन बन्दै इन्टरनेटमा 'पहिचानको प्रमाण'

कम प्राविधिक ज्ञान भएका ह्याकरहरूले पनि एआई मोडल प्रयोग गरेर विश्वसनीय डीपफेक बनाउन वा पासवर्ड र दुई तह प्रमाणीकरण कोड चोर्ने वेबसाइट र इमेल तयार गर्न सक्छन्।

काठमाडौं- इन्टरनेटमा आफ्नो पहिचान कसरी प्रमाणित गर्ने? टेक्स्टमार्फत आएको कोड? सेल्फी? टेलिफोन नम्बर? पछिल्लो समय ह्याकहरूले यी त्रुटिपूर्ण प्रणालीका कमजोरी प्रयोग गरिसकेका छन्।

अझै पनि धेरै मानिस आफ्नै खाताबाट लगआउट हुन्छन् र त्यो आफू नै हो भन्ने प्रमाणित गर्न सक्दैनन्। एआईको गलत फाइदा लिनेहरूको वृद्धिका साथै उमेर प्रमाणीकरणको माग र डेटिङ एपदेखि टिकट बिक्रीसम्म सबै बिगार्ने बोटहरूका कारण अब नयाँ किसिमको 'मानव भएको प्रमाण'को आवश्यकता देखिएको छ।

यसैले प्रविधिमा भइरहेको विकासका सन् २०२६ मा धेरै मानिससँग डिजिटल आईडी हुनेछ। त्यो फोनमै सुरक्षित गरिएको प्रमाणित पहिचान हुनेछ। एन्ड्रोइड र अब आईओएस उपकरणहरूले २ सय ५० भन्दा बढी अमेरिकी विमानस्थलबाट त आन्तरिक यात्राका लागि तयार डिजिटल अमेरिकी पासपोर्टको डेटा लिइरहेका छन्।

युरोपेली संघले आगामी वर्ष डिजिटल नेशनल आईडी अनिवार्य गर्दैछ। बैंकिङ तथा शिक्षा जस्ता नियमित क्षेत्रले सन् २०२७ सम्म यसलाई स्वीकार गर्नैपर्नेछ। सिंगापुरमा त यो पहिल्यै लागु भइसकेको छ।

सन् २०२५ मा व्यक्तिगत जानकारी लगइन विवरणसमेत सफलरूपमा ‘फिसिङ’ गरिएको घटनामा चार सय प्रतिशत वृद्धि देखियो, जसको मुख्य कारण एआई हो।

एआईले अझ राम्रो मालवेयर धेरै मानिसका लागि सजिलै उपलब्ध बनाइदिएको छ, जुन अबको वर्ष थप चुनौतीपूर्ण देखिन्छ।

कम प्राविधिक ज्ञान भएका ह्याकरहरूले पनि एआई मोडल प्रयोग गरेर विश्वसनीय डीपफेक बनाउन वा पासवर्ड र दुई तह प्रमाणीकरण कोड चोर्ने वेबसाइट र इमेल तयार गर्न सक्छन्। अब ब्राउजरमै एआई सहायक आउन थालेपछि खराब नियत भएका व्यक्तिले वेबपेजमै लुकेका निर्देशन राखेर ती एआई सहायकलाई गलत दिशामा लैजान सक्छन्।

विभिन्न अनुसन्धानकर्ताका अनुसार राज्यसमर्थित समूहहरूले जेमिनीआधारित मोडल प्रयोग गरेर यस्ता खराब नियतका आदेश सिर्जना गर्ने प्रयास पनि गरेका थिए। यस्तो किसिमको उन्नत मालवेयर अपराधीहरूका लागि सामान्य बन्ने अनुमान छ।

प्रविधिमा भइरहेको विश्वव्यापी आविष्कार र विकास सन् २०२६ मा अझ व्यापक हुने अनुमान र अध्ययनहरू सार्वजनिक भइरहेका छन्। प्रविधिमा काम गरिरहेका कम्पनीहरूले इन्टरनेटमा सही पहिचानका लागि बलियो नियमन गर्दै छन्।

यस्तै सन् २०२६ मा नै विभिन्न कम्पनीहरूले ‘मन पढ्ने’ प्रविधिमा काम गर्दै छन्। न्युरोटेक अर्थात् मस्तिष्क र स्नायु संकेत टिप्ने डिजिटल इन्टरफेस नै निकट भविष्यको ठूलो प्रविधि हुनेछ।

एउटा विकल्प एलन मस्कको न्युरालिंकजस्ता प्रत्यक्ष मस्तिष्क-कम्प्युटर इन्टरफेस हुन्। जसका लागि शल्यक्रिया आवश्यक पर्छ। तर धेरै मानिसले नन–इन्भेसिभ विकल्प रोज्ने सम्भावना छ। मेटाको रिस्टब्यान्ड यसको राम्रो उदाहरण हो। यसले प्रयोगकर्ताको हातको स्नायु संकेत पढेर कम्पनीका भर्चुअल रियालिटी हेडसेट र एआर स्मार्टचश्मामा त्यसको संकेत पठाउँछ।

सन् २०२६ मा यस्तो प्रविधि हाम्रो टाउकोमा सर्नेछ। एउटा नयाँ 'माइन्ड-क्याप्सनिङ' प्रविधिले विचारलाई शब्द वा पूरै वाक्यमा रूपान्तरण गर्न सक्छ। साम अल्टम्यानको नयाँ न्युरोटेक स्टार्टप मर्ज ल्याब्सले अल्ट्रासाउन्ड प्रयोग गरेर मस्तिष्क गतिविधि पढ्छ। प्रयोगशालामा मानिसहरूले आफ्ना विचारले ग्याजेट वा ह्वीलचेयरसमेत चलाइरहेका छन्।

स्टार्टप कोग्निक्सनको नयाँ उत्पादनले भविष्यमा स्नायु र मस्तिष्कसम्बन्धी रोग पहिचान गर्न सहयोग पुर्‍याउन सक्छ। हाल क्लिनिकल परीक्षणमा रहेको प्रारम्भिक संस्करणमा एप्पल भिजन प्रो हेडसेट र मस्तिष्क गतिविधि मापन गर्ने इलेक्ट्रोड जडित विशेष हेडब्यान्ड समावेश छ।


प्रकाशित : सोमबार, पुस २१ २०८२०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend