आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

ढाट राखेर दस्तुर नउठान अन्तरिम आदेश

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
images
images
ढाट राखेर दस्तुर नउठान अन्तरिम आदेश

हेटौँडाको बसपार्कको बाइपास सडकमा ढाट राखी दस्तुर उठाउँदै आएकाले सो कार्य रोक्न स्थानीयवासी उर्मिला न्यौपानेले रिट दायर गरेकी थिइन्।

images
images

काठमाडौं- पाटनस्थित उच्च अदालतको हेटौँडा इजलासले  हेटौँडा उपमहानगरपालिकालाई सडकमा ढाठ राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी गरेको छ।

images
images

उपमहानगरपालिकाले ठेक्का प्रणालीबाट हेटौँडाको बसपार्कको बाइपास सडकमा ढाट राखी दस्तुर उठाउँदै आएकाले सो कार्य रोक्न स्थानीयवासी उर्मिला न्यौपानेले रिट दायर गरेको उक्त इजलासले सो कार्य रोक्न शुक्रबार अन्तरिम आदेश जारी गरेको हो। 
 
बहसमा निवेदनको तर्फबाट अधिवक्ता ईश्वरराज ढकाल र विपक्षी शक्ति इन्फ्रा डेभलपर्स प्रालिका तर्फबाट अधिवक्ता मदनकुमार दाहाल, हेटौँडा उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता मुकुन्दप्रसाद अधिकारी, सडक कार्यालयका तर्फबाट उपन्यायाधिवक्ता मजोजप्रसाद गुप्ताले बहस गर्नुभएको थियो।

images
images

दस्तुर उठाउने प्रयोजनका लागि वैकल्पिक मार्गबाट सवारी साधनलाई जान बाध्य गराउने कार्य नगर्न र नगराउनु भन्दै उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीका नाममा न्यायाधीशद्वय नागेन्द्रलाल कर्ण र निर्मला शाक्यको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो। रासस

images
images
images


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend