आइतबार, असोज ६ गते २०८१    
images
images

कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
images
images
कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ। प्रत्येक मेसिनलाई २ लाख ९० हजार रूपैयाँमा किनिएको हो।

images
images

जाजरकोट- कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ-गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ।

images
images
images

दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ। विज्ञसहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर तालिमप्राप्त कर्मचारी जिल्लामा पठाएको हो। दश कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए।

तालिममा सिकेको सीप अधिकतमरूपमा प्रयोग गरिने सहभागीले बताएका छन्। प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ। प्रत्येक मेसिनलाई २ लाख ९० हजार रूपैयाँमा खरिद गरी १० मेसिन जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताए।

कर्णालीका सबै पालिकामा माग भएअनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ। फोहर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखापरेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु गरिएको मन्त्री सिंहले बताए। 

images

पुल निर्माणमा तीव्रता 

स्तरोन्नतिको काम भइरहेका जाजरकोट-डोल्पा सडकखण्डको बीचमा रहेका भेरी नदीमा बेलीब्रिज पुल निर्माण जारी छ। निर्माण व्यवसायीले अस्थायीरूपमा तल्लु बगरमा बेलीब्रिज निर्माण गरी छिटोछरितो बनाउने कार्यलाई तीव्रता दिएको छ। जाजरकोटको नलगाड नगरपालिकाका-१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलीब्रिज बनाएर डोल्पा खण्डमा बेलीब्रिज निर्माणलाई तीव्रता दिइएको सडक डिभिजन चौरजहारीका इञ्जीनियर सुरेश बस्यालले जानकारी दिए।

बेलीब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीभेरी नदी तरेर सिधै डोल्पाको खदाङसम्म जान पाएका छन्। यहाँ पुल नहुँदा भेरी नदीको किनारमा वारिपारि रोकिएको अवस्था थियो। सवारीसाधन तल्लुबगरबाट गोतामकोटसम्म तुइनमार्फत तारेर १ लाख ५० हजार प्रतिपटक रकम खर्च गर्नुपर्ने बाध्यता थियो। 

अहिले जाजरकोट-डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलीब्रिज निर्माणको काम भइरहेको छ। तीनै चारवटा बेलीब्रिज निर्माणका सामग्री ढुवानीका लागि इकोइन्फ्रा बिल्डर्सले बेलीब्रिज निर्माण गरेको हो। बिल्डर्सका प्रतिनिधि मनोज लेखकले बेलीब्रिज निर्माणका सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताए। उनका अनुसार अस्थायी बेलीब्रिज भएर अरु चार ठाउँका पुल सोझै खदाङ पुर्‍याइनेछ।

अरू पुलको सामान ढुवानीकै लागि अस्थायी बेलीब्रिज तयार गरिएको हो। बिल्डर्सले जाजरकोट-डोल्पा सडकको रुपगाड खोला, त्रिपुराकोट, खदाङ र करबगार खोलामा बेलीब्रिज निर्माणको काम गरिरहेको छ। ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ भने सामान जडान गर्न मात्र बाँकी छ। अहिले त्रिपुराकोट र खदाङमा ठूलीभेरी नदीमाथि बेलीब्रिज बन्दै छ भने रुपगाड खोला र करबगार खोलामा पनि पुल बनाइनेछ। सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जीनियर सुरेश बस्यालले चारवटा बेलीब्रिज निर्माणको ६० प्रतिशत काम सकिएको बताए।

तल्लुबगरमा पुल नहुँदा नेपालगञ्ज, सुर्खेतलगायत ठाउँबाट आएका सवारी तल्लुबगरमा रोकिने गरेका थिए। अहिले तल्लुबगरबाट झोलुङ्गे पुलमार्फत यात्रुले पिठ्युँमै बोकेर सामग्री वारपार गराउने गरेका थिए। अस्थायी बेलीब्रिज निर्माणसँगै यात्रा सहज बनेको नलगाड नगरपालिका तल्लुका हरिबहादुर बस्नेतले बताए। रासस


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend