आइतबार, असोज ६ गते २०८१    
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको सूचना प्रकाशित

काठमाडौंबाट डाइभर्ट भएका जहाज अब विदेशी जान नपर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
images
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  उडानका लागि तयार भएको सूचना प्रकाशित

विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान अवतरण हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल'  उडान योग्य भएको भन्दै सूचना प्रकाशित गरेको छ।

images
images
images

विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान अवतरण हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

प्राधिकरणले विमानस्थलको सबै विवरण रहेको पुस्तक समेत प्रकाशन गरेको छ। प्राधिकरण महानिर्देशक अधिकारीले अप्रिल २१ बाट विमानस्थलमा विधिवत रूपमै अन्तर्राष्ट्रिय उडानका लागि मान्यता पाउने बताए।

प्राधिकरणले विमानस्थल उडानका लागि योग्य भयो उडान गर्न चाहने एयरलाइन्स कम्पनीहरूलाई उडान गर्न आउन सक्छौँ भनेर  विमानस्थलको अवस्थाको सबै विवरण राखेर एआईपी (एरो नटिकल पब्लिकेसन) जारी भएको छ। 

images

विमानस्थलमा उडानका लागि एयरलाइन्स कम्पनीहरूले समेत अनुमति माग्न थालको छन्। प्राधिकरणले जेठ २ गतेबाट औपचारिक रुपमा विमानस्थलको व्यवसायी उडान सुरु गर्ने तयारी गरेपनि अप्रिल २१ बाट नै विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणिकरण हुने छ।

योसँग  नेपालमा २ वटा अन्तर्राष्ट्रिय विमानस्थल हुने छन्।  गौतमबुद्ध पनि  काठमाडौं विमानस्थल जस्तै  चलायमान हुने सरकारको विश्वास छ। 


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend