आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

कामना सेवा विकास बैंकका ग्राहकले ग्लोबल आईएमई बैंकको गैर कोषमा आधारित सुविधा पाउने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
images
images
कामना सेवा विकास बैंकका ग्राहकले ग्लोबल आईएमई बैंकको गैर कोषमा आधारित सुविधा पाउने 

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर  गरेका छन्। 

images
images

काठमाडौं- कामना सेवा विकास बैंकका ग्राहकले ग्लोबल आईएमई बैंकको गैर कोषमा आधारित सुविधा उपयोग गर्न पाउने भएका छन्। 
 
ग्लोबल आईएमई बैंक र कामना सेवा विकास बैंकबीच कामना सेवा विकाश बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन समझदारी भएको छ। 

images
images

सम्झौता अनुसार कामना सेवा बिकाश बैंकका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदी सुविधा कामना सेवा बिकाश बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपयोग गर्न सक्नेछन्।

images
images

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर  गरेका छन्। 

images
images
images

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यसैगरी 'प्रगतिको आधार कामना सेवा सँग कारोबार' भन्ने नाराका साथ सन् २०१७ मा स्थापना भएको कामना सेवा विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १२९ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रवाह गर्दै आएको छ ।


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०५:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend