आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न तीन एयरलाइन्स इच्छुक 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
images
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न तीन एयरलाइन्स इच्छुक 

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भने काठमाडौंबाट विभिन्न गन्तव्यमा उडान गरिरहेको छ। 

images
images

काठमाडौं- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नका लागि तीन एयरलाइन्स इच्छुक देखिएका छन्। 

images
images

गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा र थाइ स्माइलले उडान गर्ने इच्छा देखाएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार यी एयरलाइन्सले उडानका लागि चासो  दिएका छन्। 

images
images

जजिराले हाल कुवेतबाट काठमाडौं उडान गर्दै आएको छ। त्यस्तै थाइ स्माइलले बैंककबाट काठमाडौं उडान गर्ने तयारी गरिरहेको छ। 

images
images
images

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भने काठमाडौंबाट विभिन्न गन्तव्यमा उडान गरिरहेको छ। 

थाइ स्माइलले धार्मिक पर्यटन केन्द्रित उडानका लागि गौतमबुद्धमा चासो दिएको छ। त्यस्तै जजिरा र नेपाल एयरलाइन्सले श्रम बजार लक्षित उडानका लागि चासो दिएका छन्। 

बैशाख २ मा उद्घाटन गर्ने तयारी गरिएको विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको छ। विमानस्थलमा क्यालिब्रेसन उडान सम्पन्न भएर उडान कार्यविधि  एआईपीमा प्रकाशित भइसकेको छ। अप्रिल २१ भित्र विमानस्थलको प्रमाणीकरण हुने छ। 


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend