काठमाडौं- सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ तोकिएको छ। सुनको मूल्य बिहीबार प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेर १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो। चाँदी शुक्रबारका लागि प्रतितोला १ हजार ४ स्य १५ रुपैयाँ मूल्य तय भएको छ। यस अघि बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।