बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

पुँजीगत खर्च बढाउन प्रक्रिया परिवर्तन गर्न महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
पुँजीगत खर्च बढाउन प्रक्रिया परिवर्तन गर्न महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह 

ढकालले वैदेशिक लगानीको सहजिकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासंघ अगाडि बढ्न खोजेको जानकारी गराए। 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुँजीगत खर्च बढाउन अहिलेको खर्च  प्रक्रियालाई परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। 

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च समयमै गर्न सकियो भने समग्र आर्थिक गतिविधिमा यसको सकारात्मक प्रभाव रहने बताए। 

'निजी क्षेत्रले दशकौँदेखि उठाउँदै आएको हो तर अझै पनि यसमा सुधार हुन सकेको छैन । पुँजीगत खर्चको खर्च प्रक्रिया परम्परागत छ । फागुनसम्म जम्मा १९ प्रतिशत पुँजीगत खर्च भएको तथ्याङ्क छ । यसलाई सुधार नगरी आर्थिक विकास र समृद्धि हासिल हुन सक्दैन' उनले भने। 

कोभिडपछि आर्थिक गतिविधि बढाउन, वैदेशिक लगानी भित्र्याउन, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न के के उपायहरू हुन सक्छन् भनेर नेपाल उद्योग वाणिज्य महासंघ लागिरहेको बताउँदै, वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक लगानीको सहजिकरणका लागि लगानी बोर्डसँग सम्झौता गरी महासंघ अगाडि बढ्न खोजेको जानकारी गराए। 
 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend