शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ह्याम्सले ल्यायो चिनियाँ ब्रान्ड नाभिको : ७, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस

शुक्रबार, पुस १८ २०८२
ह्याम्सले ल्यायो चिनियाँ ब्रान्ड नाभिको : ७, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस

ह्याम्सले नाभिकोका सेभेन सिटर फिडाटो मोडल तथा सोही कम्पनीका १४ सिट र १६ सिट क्षमताका विद्युतीय माइक्रोबस नेपाल ल्याएको हो।

काठमाडौं- चिनियाँ कमर्सियल सवारी ब्रान्ड नाभिको नेपाल भित्रिएको छ। चीनमा भ्यानदेखि माइक्रोबस हुँदै ठूला कमर्सियल सवारी उत्पादन गर्दै आएको नाभिकोका विद्युतीय सवारी नेपाल आएको हो।

इटालियन ब्रान्ड इभेकोसँगको सहकार्यमा चिनियाँ साझेदार कम्पनी नान्जिङ अटोमोबाइल ग्रुपले चीनमा नाभिको ब्रान्ड बनाएको हो। उक्त ब्रान्ड एसएआईसीसँगको सहकार्यमा अहिले सञ्चालनमा रहेको छ। 

चीनमा नाभिको ब्रान्ड अलगै अस्थित्वमा रहेको छ। युरोप, चीन, अट्रेलिया तथा ल्याटिन अमेरिकामा उत्पादन प्लान्ट रहेको इभेको ब्रान्ड भने २०२५ मा भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले खरिद गरेको हो। 

चीनमा इभेको ब्रान्डले एसएआईसी मोटरसँगको साझेदारीमा १९८० यता सवारी उत्पादन गर्दै आएको छ। इभेकोसँगको संयुक्त उपक्रममा एसएआईसीले चीनमा लाइट र मिडियम कमर्सियल सवारी नाभिको ब्रान्ड र ठूला ट्रक बसका लागि एसएआईसी इभेको होङयान(एसआईएच) ब्रान्डमा उत्पादन गर्दै आएको छ। 

चीनबाट नाभिको ब्रान्डका विद्युतीय सवारी नेपाली बजारमा हाइली एडभान्स्ड मोटर्स(ह्याम्स) प्रालिले आयात गरेको छ। हाइली एडभान्स्ड अटोमोबाइल हालै नाभिको ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको थियो। 

ह्याम्सले नाभिकोका सेभेन सिटर फिडाटो मोडल तथा सोही कम्पनीका १४ सिट र १६ सिट क्षमताका विद्युतीय माइक्रोबस नेपाल ल्याएको हो। १ सय किलोवाट क्षमताको मोटर पिक पावर भएको ७ सिट क्षमताको प्यासेन्जर भ्यानका मूल्य लगायत विषय भने कम्पनीले सार्वजनिक गरेको छैन। पहिलो लटमा ह्याम्सले ५ वटा फिडाटो ल्याएको हो। 

१९८५ मा इभेकोले नान्जिङ अटोमोबाइल ग्रुप कम्पनी लिमिटेडले लाइट कमर्सियल सवारी उत्पादन गर्न टेक्नोलोजी ट्रानसफर सम्झौता भएको थियो। १९९१ मा चीनमा टर्बोडेल्ली प्रोडक्सन लाइन तयार भएको र इभेकोले चिनियाँ अटोमोबाइल उद्योगमा लगानी योजना कार्यान्वयनमा ल्याएको थियो। 

१९९६ मा इभेको र एनएसीको संयुक्त लगानीमा नाभिको ब्रान्ड स्थापना भएको थियो। २००५ मा एसएआईसी, इभेको र चोङकिङ ट्रकबीच कोअप्रेसन फ्रेमवर्क सम्झौता भएको थियो। चीनमा बजार विस्तारका लागि २०१२ मा इभेको कमर्सियल भेहिकल सेल्स कम्पनी लिमिटेड स्थापना भएको थियो। अहिले चीनमा नाभिको ब्रान्ड इन्डिपेन्डेन्ट रुपमा सञ्चालनमा छ। 

कावे अटो ब्रान्डका विद्युतीय माइक्रोबस ल्याएको हाइली एडभान्स्ड मोटर्स प्रालिले देशका प्रमुख स्थानमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ। 

कम्पनीले चीनको जियाङसु ह्वाजी अटो इन्डटस्ट्री कम्पनी लिमिटेडले उत्पादन गर्ने कावे ब्रान्डका विद्युतीय डबल क्याप पिकअप र विद्युतीय मिनिबस ९१४ र १६ सिट ल्याउने तय गरेको थियो। हाल कावेका विद्युतीय माइक्रोबस बिक्री भइरहेका छन्। कम्पनीले माइक्रोबससँग बिक्री पछिको सेवा तथा स्पेयर पार्टसको उपलब्धतालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। 

नयाँ ब्रान्ड नाभिको थपिएसँगै ह्याम्सले सेल्स तथा सर्भिसको नेटवर्क बढाउँदै लानेछ।


प्रकाशित : शुक्रबार, पुस १८ २०८२१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend