काठमाडौं- भन्सार एजेन्टको परीक्षा फेरि स्थगित भएको छ।
फागुन २८ गते हुने भनिएको एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालतले आदेश दिएसँगै फेरि परीक्षा स्थगित हुने भएको हो।
यसअघि नै दुईपटक कोरोना महामारीका कारण दुईपटक स्थगित भएको एजेन्टको परीक्षा फेरि स्थगित भएको छ।
एजेन्टको परीक्षा रोक्नका लागि अन्तरिम आदेश माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायाधीस भोजराज अधिकारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
अन्तरिम आदेशका लागि छलफल गर्नका लागि चैत ६ गते दुवै पक्षलाई बोलाएको छ। चैत ६ गतेको छलफलफलपछि अन्तरिम आदेश जारी हुने नहुने विषयमा आदेश हुने छ।
अहिलेका लागि चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिइएको छ।