बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लाभांश आउनै लाग्दा किन घट्यो टेलिकमको सेयर मूल्य? यस्तो छ कारण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
लाभांश आउनै लाग्दा किन घट्यो टेलिकमको सेयर मूल्य? यस्तो छ कारण

काठमाडौं- लाभांश आउने समय नजिकिँदै गर्दा पनि नेपाल टेलिकमको सेयर मूल्य घटिरहेको छ। लाभांशको विषयमा कुनै पनि प्रस्ताव नआए पनि सेयर मूल्य बढ्ने बेलामा लगातार घटिरहेको छ।

साताको अन्तिम दिन बिहीबार प्रतिकित्ता ३४ रुपैयाँले घटेर टेलिकमको सेयर मूल्य १६४६ रुपैयाँ कायम भएको छ। 

telicom.PNG

बिहीबार १३ करोड १२ लाख रुपैयाँको कारोबार रहेको छ। बिहीबार टेलिकमको ७९ हजार ४ सय २ कित्ता कारोबार भएको छ।  गत आवको द्वितीय त्रैमासिक अवधि २०७७ पुस मसान्त सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त)  मा  ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ। 

अघिल्लो वर्षको नाफाबाट ४० प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष पनि सोही हाराहारीमा नगद लाभांश दिने सम्भावना रहेको छ। केही समयअगाडि बोनस सेयरसम्मको चर्चा चले पनि यसपटक पनि त्यो सम्भावना छैन। कम्पनीको ५२ हप्तामा न्यूनतम मूल्य ९७२ रुपैयाँ रहेको थियो। अधिकता १७९९ रुपैयाँसम्म कारोबार भएको थियो। गत वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो। यसवर्ष पनि कम्पनीको क्षमता ४० देखि ५५ प्रतिशतसम्म लाभांश दिने देखिन्छ। 

१५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीको बजार पुँजीकरण २ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३÷७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०१:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend