काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ मा नेपाल प्रहरीले म्यादी प्रहरीको व्यवस्थापनका लागि ४ अर्ब ४६ करोड रुपैयाँ पाउने भएको छ।
म्यादी प्रहरी व्यवस्थापनका लागि नेपाल प्रहरीले ७ अर्ब १९ करोड ९४ लाख रुपैयाँ माग गरेको थियो तर अर्थ मन्त्रालयले ४ अर्ब ४५ करोड ९४ लाख रुपैयाँको मात्रै सहमति दिएका हो।
म्यादी प्रहरीको पारिश्रमिकका लागि ३ अर्ब २ करोड, खाद्यान्नका लागि ७२ करोड, पोसाका लागि ६० करोड, भ्रमण खर्चका लागि १० करोड र कर्मचारी तालिमका १ करोड ५४ करोड रुपैयाँ गरी कुल ४ अर्ब ४६ करोड रुपैयाँ पाउने भएको छ।