काठमाडौं- सरकारले विदशेबाट नेपाल आउने विदेशी तथा नेपाली नागरिकको साथमा खोपकार्ड भएको अवस्थामा पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ।
तर खोपकार्ड नहुनेको हकमा भने ७२ घण्टाअघिसम्मको पीसीआर रिपोर्ट नेगेटिभ चाहिने भएको छ। साथै सरकारले यस सम्बन्धमा भएको यसअघिका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ।
योसँगै हवाई मार्ग वा स्थलमार्ग भइ विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकताअनुसार परीक्षण गर्ने, थप कडाइ गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै गर्ने समेत मन्त्रिपरिषदले निर्णय गरेको छ।