काठमाडौं- सरकारले औद्योगिक प्रायोजनका लागि मरिच, केराउ र सुपारीको आयात खुला गरेको छ।
राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी वस्तुको आयात खुलाउने निर्णयका बारेमा सार्वजनिक जानकारी गराएको छ।
सरकारले यी वस्तुको आयात सशर्त खुला गरेको हो।
उद्योगहरूले आफ्नो उत्पादन प्रायोजनका लागि यी वस्तुको आयात गर्न पाउनेछन्। यस्तो आयातका लागि उद्योगीले उद्योग विभागको स्वीकृति लिनुपर्ने भएको छ।
उद्योग विभागको सिफारिस लिएपछि उद्योगलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षका लागि बयात अनुमति दिने छ।