बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लाभांशपछि घटेको निफ्राको सेयर मूल्य पुन: बढ्न थाल्यो, विद्युत व्यापारको लाइसेन्स चर्चाले झुम्मिए लगानीकर्ता

बिहीबार , फागुन २६ २०७८
लाभांशपछि घटेको निफ्राको सेयर मूल्य पुन: बढ्न थाल्यो, विद्युत व्यापारको लाइसेन्स चर्चाले झुम्मिए लगानीकर्ता

काठमाडौं- लाभांशपछि लगातार घटिरहेको नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) सेयरमा साताको अन्तिम दिन बिहीबार भने लगानीकर्ता झुम्मिएका छन्।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले बढेर ३३६ रुपैयाँ अन्तिम मूल्य कायम भएको छ। बिहीबार कम्पनीको बजार पुँजीकरण ७२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

निफ्राले विद्युत व्यापारको लाइसेन्स पाउने चर्चा पनि सेयर मूल्य समेत बढेको हो। ऊर्जा मन्त्रालयले निफ्रालाई विद्युत व्यापारमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ।

nif.PNG

केही समय अगाडि २६८.५० रुपैयाँसम्म झरेको सेयर मूल्य फेरि बढ्न थालेको हो। कम्पनीको सेयर मूल्य उच्च अंकबाट ६३ प्रतिशतसम्म घटेको थियो।  

३४० रुपैयाँबाट कारोबार सुरु भएको कम्पनी ७२६ रुपैयाँसम्म पुगेको थियो। तर नेप्से परिसूचक लगातार घटेपछि निफ्राको सेयर मूल्य २६८ रुपैयाँसम्म झरेको थियो। निफ्राको ५२ हप्ताको कारोबारमा सबैभन्दा अधिकतम ७२६ र न्यूनतम २६८.५० रुपैयाँ सेयर मूल्य रहेको थियो। 

विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढेको छ। 

कम्पनी उत्कृष्ट नाफामा 

दोस्रो बजारमा हटकेक बनेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार खुद नाफा कमाएको छ। गत वर्षभन्दा यस वर्ष नाफा २५ दशमलव ६६ प्रतिशत वृद्धि भएको हो। गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो।

यस वर्ष कम्पनीको वितरणयोग्य नाफा पनि २६ दशमलव ३० प्रतिशत वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म निफ्राको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ गरेको छ। 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend