काठमाडौं- नेपाल वायुसेवा निगमले मुम्बई उडान सुरू गर्ने भएको छ। कारोना महामारीसँगै रोकिएको उडान सुरू गर्न लागेको निगमले जनाएको छ।
निगमले सातामा ३ उडान आईतबार, बुत्रवार र शुक्रबार मुम्बई उडान गर्ने भएको हो। दिल्लीमा दैनिक उडान गर्दै आएको निगमले यसअघि बैँग्लोरमा पनि उडान गर्दै आएको थियो।
कोरोनासँगै दिल्ली बाहेक अन्य उडानमा उडान बन्द भएको थियो। मुम्बई पछि बैँग्लोर पनि उडान गर्ने तयारी निगमले गरेको छ।