बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

खल्तीको क्यूआर अफर : फोनपेमा स्क्यान गरि भुक्तानी गर्ने र लिने दुवैलाई स्कुटर, स्मार्टफोन, र नगद जित्ने अवसर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
खल्तीको क्यूआर अफर : फोनपेमा स्क्यान गरि भुक्तानी गर्ने र लिने दुवैलाई स्कुटर, स्मार्टफोन, र नगद जित्ने अवसर

यो अफर फागुन २६, २०७८ देखि बैशाख १०, २०७९ सम्म  लागू हुने कम्पनीले जानकारी दिएको छ। 

काठमाडौं-  खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा पाँच हजार रुपैयाँसम्म जित्ने "स्क्यान मा अफर" ल्याएको छ । 

यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुनेछन्। 

यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्ती बाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने छन्। त्यसै गरि हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले  पाँच हजार नगद पुरस्कार प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ। 

यो अफर फागुन २६, २०७८ देखि बैशाख १०, २०७९ सम्म  लागू हुने कम्पनीले जानकारी दिएको छ। 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०८:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend