आइतबार, असोज ६ गते २०८१    
images
images

आईसीएफसी फाइनान्सका ग्राहकले ग्लोबल आईएमई बैंकबाट गैर कोषमा आधारित सुविधा पाउने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
images
images
आईसीएफसी फाइनान्सका ग्राहकले ग्लोबल आईएमई बैंकबाट गैर कोषमा आधारित सुविधा पाउने 

दुवै संस्थाको सहमतिमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरूमा सहकार्य हुनेछ । 

images
images

काठमाडौं- आईसीएफसी फाइनान्सका ग्राहकले ग्लोबल आईएमई बैंकबाट गैर कोषमा आधारित सुविधा पाउने भएका छन्। 

images
images
images

यस्तो सुविधाका लागि दुई संस्थाबीच सम्झौता भएको छ।

सम्झौताका अनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा आईसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपयोग गर्न सक्नेछन्।

सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गरेका  छन्। 

दुवै संस्थाको सहमतिमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिङ र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरूमा सहकार्य हुनेछ । 

images

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। राष्ट्रियस्तरको ग वर्गको वित्तीय संस्था आईसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।

 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०८:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend