काठमाडौं- पाँचतारे होटल ह्यात रिजेन्सी काठमाडौंमा नयाँ प्रबन्ध निर्देशक(जीएम) नियुक्त भएका छन्।
होटल सञ्चालक कम्पनी तारागाउँ होटल्स लमिटेडले आशिष कुमारलाई जीएमका रूपमा नियुक्त गरेको हो।
होटल तथा क्याटरिङ व्यवस्थापनमा डिप्लोमा गरेका आशिष कुमारसँग २३ वर्षको अनुभव छ। सन् २००९ देखि ह्यात गोवा रिसोर्टमा जोडिएका कुमार अहिले काठमाडौंको होटलको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।
काठमाडौं ह्यातमा ३३४ भन्दा बढी कर्मचारी छन्। २८० कोठा भएको ह्यात रिजेन्सी काठमाडौंको नेतृत्व अब आशिष कुमारले सम्हाल्ने छन्।
ह्यात रिजेन्सीमा नेपाल सरकारको पनि सेयर रहेको छ।