सोमबार, मंसिर १० गते २०८१    
images
images

भूमि आयोगको मान्छे हुँ भन्दै सुकुम्वासीलाई जग्गा वितरणको फाराम भराएर ठगी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
images
images
भूमि आयोगको मान्छे हुँ भन्दै सुकुम्वासीलाई जग्गा वितरणको फाराम भराएर ठगी

आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौँ भनी परिचय गराई काठमाडौंमा सुकुम्वासीले चार आना जग्गा प्राप्त गर्न जनही ५० हजार रूपैयाँ लाग्ने भनी फारम भराइ ठगी।

images
images

काठमाडौं- काठमाडौंमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ।

images
images
images

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका-१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाई पैसा असुल गरेको पाइएको हो।

images

अनुसन्धानका क्रममा आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौँ भनी परिचय गराई काठमाडौंमा सुकुम्वासीले चार आना जग्गा प्राप्त गर्न जनही ५० हजार रूपैयाँ लाग्ने भनी फारम भर्न लगाई ठगी गरेका पाइएको प्रहरीले जानकारी दिएको छ।

images

यसरी ठगी गर्ने कार्यमा झापाको भद्रपुर घर भई काठमाडौंको टोखा बस्ने ३८ वर्षका होमनारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ४४ वर्षका उद्धव भण्डारी संलग्न रहेको पाइएको छ।

उनीहरुबाट ल्यापटप, प्रिन्टर, भूमिहीन (भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फारम लेखिएको), अव्यवस्थित बसोवासीले दिने निवेदनको ढाँचा लेखिएको फारम, विभिन्न व्यक्तिको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइललगायतका सामग्री बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा आदालतको आदेशले दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका परिसरले जानकारी दिएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०७:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend