आइतबार, असोज ६ गते २०८१    
images
images

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकैदिन १३ प्रतिशतले घट्यो, नेपालमा पनि घट्न सक्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
images
images
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एकैदिन १३ प्रतिशतले घट्यो, नेपालमा पनि घट्न सक्ने

बुधवार एकै दिन तेलको मूल्य १३ प्रतिशतले घटेको छ। पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) को सदस्य राष्ट्र संयुक्त अरब इमिरेट्स  (यूएई) ले युक्रेनी संकटपछि रुसी तेलमा लगाइएको प्रतिबन्ध पछि तेलको मूल्य ओरालो लागेको हो।

images
images

लन्डन-अन्तर्राष्ट्रिय बजारमा  कच्चा तेलको मूल्य ओरालो लाग्न थालेको छ। बुधवार एकै दिन तेलको मूल्य १३ प्रतिशतले घटेको छ। पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) को सदस्य राष्ट्र संयुक्त अरब इमिरेट्स  (यूएई) ले युक्रेनी संकटपछि रुसी तेलमा लगाइएको प्रतिबन्ध पछि तेलको मूल्य ओरालो लागेको हो।

images
images
images

बजारमा देखिएको आपूर्ति अवरोध कम गर्न थप तेल उत्पादन गर्ने ओपेकले जनाएपछि तेलको मूल्य घटेको हो। तेलको मूल्य ओरालो लागेपछि नेपाल जस्ता देशहरुलाई राहत हुनेछ। नेपालमा पनि केही महिना देखि बढीरहेको तेलको मूल्यमा ब्रेक लाग्ने अनुमान गरिएके छ। 

बुधबार लन्डन स्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुड फ्यूचर्सको भाउ प्रतिब्यारेल १३ दशमलव २ प्रशित अर्थात् १६ डलर ८४ सेन्टले घटेर १११ डलर १४ सेन्टमा आएको थियो। ब्रेन्टको भाउमा आएको यो कमी सन् २०२० को अप्रिल यताकै उच्च हो।

सोही दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुड फ्यूचर्सको भाउ पनि १५ दशमलव ५ प्रतिशतले घटेर प्रतिब्यारेल १०८ डलर ७ सेन्टमा ओर्लिएको थियो। अघिल्लो दिनको तुलनामा यूएस क्रुडको भाउ बुधबार १५ डलर ४४ सेन्टले घटेको छ। 

images

 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend