बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लाभांश नपाएपछि एनआईसी एसिया बैंकको सेयर बिक्री गरेर बाहिरिन थाले लगानीकर्ता, सेयर मूल्य एक वर्षयताकै सस्तो हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
लाभांश नपाएपछि एनआईसी एसिया बैंकको सेयर बिक्री गरेर बाहिरिन थाले लगानीकर्ता, सेयर मूल्य एक वर्षयताकै सस्तो हुँदै

काठमाडौं- राष्ट्र बैंकले एनआईसी एसिया बैंकले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश अस्वीकृत गरेपछि लगातार घटिरहेको सेयर मूल्य अहिले पनि रोकिएको छैन।

बुधबारसम्म सेयर मूल्य घटेर बैंकले पुँजी कोष ८‍‍.५ प्रतिशत कायम गर्नुपर्ने थियो। तर एनआईसीले ऋणमा आक्रामक हुँदा उक्त कोष तोकेअनुसार हुन नसकेको भन्दै लाभांशमा रोक लगाएको थियो। 

बैंकको सेयर मूल्य बुधबार पनि प्रतिकित्ता १४ रुपैयाँले घटेर ७६० रुपैयाँमा कारोबार भएको थियो। बैंकको ५२ हप्तामा १०८५ रुपैयाँमा अधिकतम कारोबार भएको थियो भने न्यूनतम ७०१ रुपैयाँमा कारोबार भएको छ। अहिलेकै मूल्यझैँ गिरावट आइरहने हो भने केही दिनमै एक वर्षयताकै सस्तो मूल्यमा सेयर आउने देखिन्छ। 

nicasia.PNG

पुँजी कोष ११ प्रतिशत पुर्याउन प्राथमिक पुँजी र पूरक पुँजी आवश्यक रहने व्यवस्था रहेको छ। प्राथमिक पुँजी साढे ८ प्रतिशत पुग्नपर्ने व्यवस्था रहेको छ। तर बैंक यसमा चुकेपछि राष्ट्र बैंकले अ‌ंकुश लगाएको थियो। 

राष्ट्र बैंक स्रोतका अनुसार बैंकले प्राथमिक पुँजी कोष ८.५ प्रतिशत पुर्‍याउन नसक्दा गत वर्षको लाभांश वितरणको प्रस्ताव रोकेको थियो।विभिन्न विषयमा विवाद भइरहने एनआईसी एसिया यसपटक भने ठूलो समस्यामा परेको छ। एनआईसी एसियाले ब्याजदरदेखि ऋण उठाउन प्रयोग गर्ने हतकन्डासम्ममा आरोप लागेर विभिन्न पटक कारबाहीसमेत खेप्न परेको छ। 

एनआईसी एसियाले ऋण लगानीमा तीब्रता दिएपछि पुँजी कोष साढे ८ प्रतिशत कायम गर्न सकेको छैन। सो प्रावधानअनुसार एनआईसी एसियाले लाभांश बाँड्न पाउने छैन। गत वर्ष सोही समस्या आए पनि लाभांश बाँड्न भने दिएको थियो।

एनआईसी एसियाले गत वर्ष पनि लाभांश बाँडेकोले पाउनुपर्ने र सञ्चालक समितिबाट पास भइसकेको भन्दै राष्ट्र बैंकलाई आग्रह गरेको छ। तर नियामक निकायले सो प्रावधान भएको छैन। एनआईसी एसियाले पुँजीकोष ८.१ प्रतिशत मात्र कायम गरेको छ। बैंकले पुँजीकोष बढाउन भन्दै हकप्रद र ऋणपत्र जारी गर्न माग गरेको छ। 

बैंकले यसवर्ष गत वर्षभन्दा थोरै लाभांश घोषणा गरेको थियो। गत वर्ष २० प्रतिशत लाभांश बाँडेको बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास रहेको छ। बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने दोस्रो बजारमा पुँजीकरण भने ८७ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८०१:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend