शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

घर किन्दै हुनुहुन्छ, कुन बैंकले कति प्रतिशत ब्याजमा दिन्छन् होम लोन?

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
घर किन्दै हुनुहुन्छ, कुन बैंकले कति प्रतिशत ब्याजमा दिन्छन् होम लोन?

शहरी क्षेत्रका अधिकांश व्यक्तिले बैंकबाट ऋण लिएर घर किन्छन्।  बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

काठमाडौं- वाणिज्य बैंकहरूले दसैं नजिकिँदै गर्दा ब्याजदर सार्वजनिक गरेका छन्। विभिन्न शिर्षकमा दिइने ब्याज र लिने निक्षेपको ब्याजदर बैंकहरुले सार्वजनिक गरेका छन्। 

धेरैको चासो हुने एउटा ऋण हो घरजग्गा। घर किन्नका लागि कति प्रतिशतमा ब्याजदरमा ऋण पाइन्छ?   

शहरी क्षेत्रका अधिकांश व्यक्तिले बैंकबाट ऋण लिएर घर किन्छन्।  बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

कुन बैंकको घर लिने ऋणको ब्याजदर कति?

-नेपाल बैंक लिमिटेड - ९.४९ देखि १२.४९ प्रतिशत

-माछापुछ्रे बैंक - ९.८९ देखि १०.८९ प्रतिशत

-राष्ट्रिय वाणिज्य बैंक -९ देखि ११ प्रतिशत

-एसबीआई बैंक -१२.देखि १४ प्रतिशत (परिवर्तन नहुने)  १२.३७ प्रतिशतसम्म परिवर्तन हुने

-एभरेष्ट बैंक - ९.९९ देखि ११.४९ प्रतिशत

-सेञ्चुरी बैंक - ११.९९ देखि १२.९९ प्रतिशत 

-नेपाल बंगालादेश बैंक - ९.९९ देखि १०.९९ प्रतिशत 

-कृषि विकास बैंक - ८.९० देखि ९.५० प्रतिशत

-सिटिजन्स बैंक - १०.५० देखि १२ प्रतिशत

-ग्लोबल आइएमई - ९.९९ देखि १३.९९ प्रतिशत

-एनआइसी एसिया - १२.७७ प्रतिशत (वेस रेटमा ६ प्रतिशत बढी)

-सिदार्थ बैंक - ९.४९ देखि ११.५ प्रतिशत

-लक्ष्मी बैंक - ९.९९ देखि १३.९९ प्रतिशत

-कुमारी बैंक - ९.९९ देखि १३.९९ प्रतिशत

-बैंक अफ काठमाडौं - १०.९८ देखि १२.९८ प्रतिशत

-प्रभु बैंक - ९.९९ देखि १०.९९ प्रतिशत

-प्राइम कमर्सियल बैंक - १० देखि ११ प्रतिशत

-नविन बैंक - १०.५० देखि ११ प्रतिशत

-एनसीसी बैंक ‍- १० देखि १०.६५ प्रतिशत

-नेपाल इन्भेस्टमेन्ट बैंक - १०.९९ देखि ११.९९ प्रतिशत

-सन राइज बैंक - १२.५० देखि १३.५० प्रतिशत

-स्ट्यान्डर्ड चाटर्ड बैंक - ९.७५ देखि १२.२५ प्रतिशत


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend