आइतबार, भदौ २३ गते २०८१    
images
images

उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
images
images
उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर
images
images

खलङ्गा- पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ।

images
images
images

कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगलाई ट्याङ्कर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ। एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो। यसले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। 

कार्यालयले ५० प्रतिशत अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन्। डेरी उद्योगका सञ्चालक मनकोइला धितालका अनुसार ३२ लाख ९५ हजार रूपैयाँमा ट्याङ्कर आइपुगेको हो। किसानले एक ठाउँमा दूध सङ्कलन गरेर राखेमा गाउँमै पुगेर दूध सङ्कलन गर्न सकिने डेरी सञ्चालक धितालले भने ,'अब दूध बोकेर किसानले दुःख गर्नुपर्दैन। किसानले मगाएको खण्डमा घरदैलोमा दूध सङ्कलन गरेर बजारसम्म ल्याउन ट्याङ्कर तयारी अवस्थामा छ।'

अहिले नाग्म, कुडारी, लाम्रा र बजार क्षेत्रका दूध डेरीमा सहजै रूपमा पुर्‍याउने काम भइरहेको छ। सदरमुकाम खलङ्गाभित्र र बाहिरको गरी नौवटा डेरीमा दूध पुग्ने गरेको सञ्चालक धितालले बताउनुभयो । ट्याङकर पुग्दा १० जनाले रोजगारी पाएका छन्। 

images

एक महिनामा झन्डै ६ लाख रूपैयाँको दूध बिक्री हुने गरेको  हिमाली डेरी उद्योगले जनाएको छ। कार्यालयका प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन्।

ट्याङ्कर खरिद गर्ने कार्यक्रम जुम्लाका लागि नयाँ कार्यक्रम हो। अब ट्याङ्करले दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउने छ । दूध बिक्री भएन भन्ने किसानको गुनासो सुन्नुपर्ने छैन। 

सदरमुकाम खलङ्गामा पाँचवटा डेरी उद्योग सञ्चालनमा छन्। बजार विस्तार भएसँगै दूधको माग अत्यधिक हुने गरेको यहाँका डेरी उद्योगका सञ्चालक बताउँछन्। रासस


प्रकाशित : बुधबार, फागुन २५ २०७८१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend