आइतबार, असोज ६ गते २०८१    
images
images

तोडियो २०७७ साउन २३ गतेको रेकर्ड, सुनको मूल्य हालसम्मकै उच्च

images
बुधबार, फागुन २५ २०७८
images
images
तोडियो २०७७ साउन २३ गतेको रेकर्ड, सुनको मूल्य हालसम्मकै उच्च

यसअघि २०७७ साउन २३ गते १ लाख ३ हजार ५ सय रूपैयाँमा सुनको उच्च कारोबार भएको थियो।

images
images

काठमाडौं- सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च बनेको छ। बुधबार सुन तोलामा १ लाख ५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

images
images
images

बुधबार कारोबार भइरहेको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। यसअघि २०७७ साउन २३ गते १ लाख ३ हजार ५ सय रूपैयाँमा सुनको उच्च कारोबार भएको थियो।

आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार भने स्थिर देखिएको थियो। मंगलबार सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ थियो। सोमबार पनि सुन १ लाख ३ हजार रुपैयाँमै कारोबार भएको थियो। 

रुस-युक्रेन युद्धका कारण सुनको मूल्य बढिरहेको छ। पछिल्लो केही दिनयता लगातार बढेको सुनको मूल्य मंगलबार भने रोकिएको हो। तथापी अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने संकेत देखिएकाले नेपाली बजारमा समेत त्यसको प्रभाव पर्ने व्यवसायीहरुले बताएका छन्।

images

चाँदिको मूल्य पनि बुधबार बढेको छ। मंगलबार १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 


प्रकाशित : बुधबार, फागुन २५ २०७८०५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend